default_image

2 years ago

February 6, 2022

बुर्किना फासोलाई हराउँदै क्यामरुन तेस्रो

123 views

0 Bookmark

एजेन्सी – आयोजक क्यामरुनले अफ्रिका कप अफ नेसन्समा तेस्रो स्थान हासिल गरेको छ । बुर्किना फासोलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै क्यामरुन तेस्रो भएको हो ।

याओन्डेमा शनिबार राति भएको निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।टाइब्रेकरमा क्यामरुनका भिन्सेन्ट एब्डोउबाकर, निकोलस नागमालेउ, कार्ल टोको इकम्वी, पिएरे कुन्डे र एम्ब्रोइस ओयोंगो विटोलोले गोल गरे । बुर्किना फासोका इसा कावोरे, सोमाइला ओउटारा स्टिभ यागोले गोल गर्न सफल भए । इब्राहिमा ब्लाटी टाउरेले गोल गर्न सकेनन् ।

त्यसअघि निर्धारित समयको खेलमा बुर्किनाले फासोले तीन गोलको अग्रता लिनका बावजुद त्यसलाई जोगाउन नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो । २४औं मिनेटमा स्टिभ यागोले गोल गर्दै बुर्किना फासोलाई सुरुवाती अग्रता दिलाए ।

४३औं मिनेटमा आन्द्रे ओनानाले आत्मघाती गोल गरेपछि क्यामरुन २–० ले पछि परेको थियो । ४९औं मिनेटमा डिजव्रिल ओउटाराले गोल गरेपछि बुर्किना फासो जिततर्फ अग्रसर बनेको थियो । तर, बुर्किना फासोले त्यो अग्रतालाई जोगाउन सकेन ।

७१औं मिनेटमा स्टेफेन वाहोकेनले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ८५औं मिनेटमा भिन्सेन्ट एब्डोउबकारले गोल गर्दै क्यामरुनलाई खेलमा फर्कने संकेत दिए । ८७औं मिनेटमा भिन्सेन्ट एब्डोउबकारले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याउँदै खेललाई टाइब्रेकरमा लम्ब्याए । उनी ८ गोलसहित सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा रहेका छन् ।

उपाधिका लागि आज राति सेनेगल र इजिप्टबीच नेपाली समयअनुसार राति १२ः४५ बजे प्रतिस्पर्धा हुँदैछ । इजिप्ट कीर्तिमानी आठौं उपाधिको खोजीमा रहँदा सेनेगल पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

May 21, 2024

इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक 

एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।  पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् […]

May 21, 2024

रोनाल्डो व्यक्तिगत छैठौँ यूरो कपको प्रारम्भिक टोलीमा 

एजेन्सी – स्टार खेलाडी क्रिस्टियनो रोनाल्डो व्यक्तिगत छैठौँ  युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको प्रारम्भिक टोलीमा परेका छन् । सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा पोर्चुगलले उपाधि जित्दा नेतृत्व गरेका क्रिस्टियानो रोनाल्डोलाई युरो २०२४ का लागि रोबर्टो मार्टिनेजको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । ३९ वर्षिय रोनाल्डो प्रतियोगितामा १४ गोलसहित कीर्तिमान गोलकर्ता हुन् भने उनले प्रतियोगितामा सबैभन्दा […]

May 21, 2024

समाज कल्याण चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्र क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा सानेपा क्लबलाई ४-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जित हासिल गरेको समाज कल्याणको ९ खेलमा १६ अंक भएको छ । पराजित सानेपाको समान ९ खेलमा ११ अंक […]

Success

Thank you for your time.