default_image

2 years ago

February 7, 2022

डुसानको डेब्यु गोलमा युभेन्ट्सको सहज जित

65 views

0 Bookmark

एजेन्सी – सर्वियन युवा फरवार्ड डुसान भ्लाहोभिचको डेब्यु गोलमा युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा सहज जित निकालेको छ । युभेन्ट्सले घरेलु मैदानमा हेलास भेरोनालाई २–० ले पराजित गरेको हो ।

एलिएन्ज एरिना टुरिनमा आइतबार राति भएको खेलमा एक गोल डेनिस जाकारियाको नाममा रह्यो । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

खेलको १३औं मिनेटमा डुसानको गोलबाट युभेन्ट्सले १–० को अग्रता लिन सफल भएको थियो । उनले पाउलो डिबालाको पासमा गोल गर्न सफल भएका थिए । डुसान यसै विन्टरमा अर्काे सिरी ‘ए’ टोली फियोरेन्टिनाबाट युभेन्ट्स आएका हुन् ।

उनले आफ्नो पहिलो खेलमै गोल गर्न सफल भए । सिरी ‘ए’ मा उनले यो सिजन २२ खेलमा १८ गोल र दुई असिस्ट दिइसकेका छन् । ६१औं मिनेटमा डेनिस जाकारियाले गोल गर्दै युभेन्ट्सको जित पक्का गरे । उनले अल्भारो मोराटाको पासमा गोल गर्न सफल भएका थिए ।

यो जितसँगै युभेन्ट्स २४ खेलबाट ४५ अंक जोडेर शीर्ष चारमा उक्लिएको छ । युभेन्ट्सले एक खेल कम खेलेको एटलान्टालाई २ अंकले पछि पारेको हो । पराजित हेलास भेरोना ३३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

May 12, 2024

सानेपाको खालीबारीविरुद्ध जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सो डिभिजन लिग अन्तर्गत सातौं चरणको अन्तिम खेलमा सानेपा क्लबले खालीबारी युथ एफसी विरुद्ध जित दर्ता गरेको छ । सानेपाले खालीबारी विरुद्ध १-० को जित दर्ता गरेको हो । सानेपाको जितमा पेम्बा दोर्जे लामाले १३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सि डिभिजनमा मंगलबार देखि आठौ चरणका खेलहरू […]

Success

Thank you for your time.