default_image

2 years ago

February 7, 2022

हालान्डविनाको डर्टमुन्डको लज्जास्पद हार

116 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगाको दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डले घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको छ । मुख्य फरवार्ड एर्लिङ ब्राउट हालान्डविना मैदान उत्रिएको डर्टमुन्डले बायर लिभरकुसनसँग ५–२ को लज्जास्पद हार बेहोरेको हो ।

सिग्नल इडुना पार्कमा आइतबार राति भएको खेलमा डर्टमुन्डलाई लज्जास्पद हार चखाउन फ्लोरिएन रिट्ज, रोबर्ट एन्डरिच, जोनाथन ताह र मोउसा डियावीले गोल गर्दा एक गोल उपहार पाएको थियो । घरेलु टोलीका स्टेफेन टिगेसले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

खेलको १०औं मिनेटमा म्यानुएल एकान्जीको आत्मघाती गोलबाट लिभरकुसनले सुरुवाती अग्रता लिएको थियो । १६औं मिनेटमा जेरेमी फ्रिमपोङले पनि आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा आएको थियो । तर, त्यसपछि डर्टमुन्ड सम्हालिन सकेन ।

२०औं मिनेटमा फ्लोरिएन रिट्जले करिम बेल्लारविको पासमा गोल गर्दै लिभरकुसनलाई २–१ को अग्रता दिलाए । २८औं मिनेटमा रोबर्ट एन्डरिचले फ्रिकिकमा सिधै गोल गर्दै बायर लिभरकुसनलाई पहिलो हाफमा ३–१ को अग्रता दिलाए ।

५३औं मिनेटमा जोनाथनले गोल गर्दै लिभरकुसनलाई फराकिलो जिततर्फ अग्रसर गराए । ८७औं मिनेटमा मौउसा डियावीले गोल गरेपछि लिभरकुसन खेलमा ५–१ ले अघि बढ्यो । ८९औं मिनेटमा स्टेफेन टिगेसले गोल गर्दै खेललाई ५–२ को अवस्थामा ल्याएपनि फराकिलो हार टार्न सकेन ।

यो हारसँगै डर्टमुन्ड शीर्षस्थानको बायर्न म्युनिखसँग ९ अंकले पछि परेको छ । डर्टमुन्डको ४३ तथा बायर्नको ५२ अंक छ । डर्टमुन्डलाई हराएको लिभरकुसन ३८ अंक जोडेर तेस्रोस्थानमा यथावत रहेको छ ।

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

Success

Thank you for your time.