default_image

2 years ago

February 9, 2022

मेस्सी लयमा फर्केका हुन् ?

49 views

0 Bookmark

एजेन्सी – के लियोनल मेस्सी फर्ममा फर्केका हुन् ? हुन त उनका बारेमा यस्तो प्रश्न समान्यतया गरिदैन । तर जब उनी बार्सिलोनबाट सिजनको सुरुवातमा पेरिस सेन्ट जर्मेन (पिएसजी) उनको प्रदर्शन पहिला जस्तो रहन नसकेको टिप्पणी हुन थाल्यो ।

लिग वानमा आइतबार जब पिएसजीले लिगलाई ५–१ ले हरायो त्यो खेलमा सबैभन्दा बढी प्रभावशाली उनै मेस्सी रहे । मेस्सी एक गोल गरे, एक असिस्ट दिए र फ्रिकिकमा पनि झण्डै गोलको नजिक पुगे । उनको त्यो प्रहार क्रसबारमा लागेर फर्कियो ।

त्यो खेलपछि मेस्सीको फेरि चर्चा सुरु भएको छ । फ्रेन्सेली सञ्चारमाध्यमले उनको प्रदर्शनको चर्चा गरेका छन् । उनी त्यति बेला पुरानो लयमा देखिएका छन्, अबको केहि दिनमा टोलीले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा रियल म्याड्रिडको सामना गर्दैछ ।

सञ्चारमाध्यमले सुरुवातका दिनमा मेस्सीले भोग्नु परेको समस्याका बारेमा पनि उल्लेख गरेको छ । लिगसँगको प्रदर्शनपछि भने धेरैले उनको प्रशंसा गरेका छन् । सञ्चारमाध्यमले उनको खेलको रेटिङ गर्ने क्रममा १० मा ७ अंक दिएका छन् । उनी त्यो दिनको खेलमा डानिलो र मार्को भिराट्टीसँगै मैदानमा उत्कृष्ट रहेको बताइएको छ ।

अर्को सञ्चारमाध्यमले उनलाई मेस्सी खेल जीवनको उत्कृष्ट रहेको र विश्वकै सर्वोत्कृष्ट खेलाडी रहेको जनाएको छ । पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले पनि उनको खुलेर प्रशंसा गरेका छन् । उनले मेस्सीले अहिले विश्व फुटबलमा सबैभन्दा उत्कृष्ट खेलाडी रहेको दोहोराएका छन् ।

‘मलाई कुनै शंका छन् । मेस्सी विश्व फुटबलका उत्कृष्ट हुन् । तर अरुलाई जस्तै उनलाई पनि घुलमिल हुन समय लाग्छ,’ उनले भनेका थिए, ‘कोभिड १९ को सक्रमणपछि उनले महिना दिन भन्दा लामो समय खेलेका छैनन् । लिगविरुद्ध उनले आफ्नो सहभागिता र प्रतिबद्धता प्रदर्शन गरेका छन् ।’

मेस्सी आइतबारको खेलमा जताततै देखिएका खेलाडी हुन् । तथ्याङमा पनि उनी अरु भन्दा सबै क्षेत्रमा अगाडि देखिएका थिए । अन्य खेलाडीले भन्दा बढी उनले सर्ट प्रहार गरे । उनले ५ प्रहार गरे त्यसमध्ये ३ टार्गेटमा थिए । गोलका लािग ६ वटा अवसर सृजना गरे भने ८ ड्रिबल गरे । त्यस्तै २ क्रस गर्नुका सार्थ भेराटीले भन्दा (९५) मात्र कम ९० पटक बल खेलाए ।

खेल जीवनको अधिकांश समय मेस्सीले राइड विङ्सबाट खेलेका छन् । लिगविरुद्ध पनि उनी त्यहि पोजिसनबाट खेले । तर ४–३–३ को रणनीतिमा पनि उनले आफ्नो क्षमता मज्जाले प्रयोग गरेको देखियो । केलियन एमबाप्पेसँग उनको समन्वय पनि त्यतिकै जमेको विश्वास गरएको छ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.