default_image

2 years ago

February 10, 2022

जिरुड चम्कदा एसी मिलान सेमिफाइनलमा

एजेन्सी – सिरी ‘ए’ प्रतिद्धन्द्धी लाजियोमाथि सानदार जित निकाल्दै एसी मिलान कोपा कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । मिलानले घरेलु मैदानमा लाजियोलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदान स्टेडियो गुइसेपी मिएजा मिलानोमा बुधबार राति भएको खेलमा मिलानको जितमा ओलिभर जिरुडले दुई तथा राफयल लियो र फ्रान्क केस्सीले समान एक गोल […]

78 views

0 Bookmark

एजेन्सी – सिरी ‘ए’ प्रतिद्धन्द्धी लाजियोमाथि सानदार जित निकाल्दै एसी मिलान कोपा कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । मिलानले घरेलु मैदानमा लाजियोलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो ।

घरेलु मैदान स्टेडियो गुइसेपी मिएजा मिलानोमा बुधबार राति भएको खेलमा मिलानको जितमा ओलिभर जिरुडले दुई तथा राफयल लियो र फ्रान्क केस्सीले समान एक गोल गरे । मिलानले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा एक गोल थपेको थियो ।

खेलको २४औं मिनेटमा राफयल लियोको गोलबाट मिलानले सुरुवाती अग्रता लिएको थियो । उनले एलेसियो रोमागनोलीको पासलाई सदुपयोग गरेका थिए । ४१औं मिनेटमा ओलिभर जिरुडले राफयल लियोको पासमा गोल गर्दै मिलानको अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जिरुडले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै मिलानलाई पहिलो हाफमा ३–० को आरामदायी अग्रता दिलाए । उनले थियो हर्नान्डेजको पासमा गोल गर्न सफल भएका थिए ।

७९औं मिनेटमा फ्रान्क केस्सीले गोल गर्दै टोलीको फराकिलो जित सुनिश्चित गरे । उनले माल्दिनीको फ्रिकिकलाई नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.