default_image

2 years ago

February 11, 2022

युभेन्ट्स र फियारेन्टिना सेमिफाइनलमा

41 views

0 Bookmark

एजेन्सी – युभेन्ट्स र फियारेन्टिना कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेका छन् । युभेन्ट्सले घरेलु मैदानमा सस्सुलोलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

एलिएन्ज एरिना टुरिनमा बिहीबार राति भएको खेलमा युभेन्ट्सको जितमा पाउलो डिबालाले गोल गर्दा एक गोल उपहार पाएको थियो । सस्सुलोका हामिद ट्राओरेले एक गोल फर्काए ।

खेलको तेस्रो मिनेटमा डिबालाको गोलबाट घरेलु टोली युभेन्ट्सले सुरुवाती अग्रता लिएको थियो । वेस्टन म्याकेन्नीको प्रहार ब्लक भएर फर्कदा डिबालाको भली प्रहारले पोस्टको दिशा लिएको थियो । २४औं मिनेटमा हामिद ट्राओरेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले जियानलुका स्कामाकाका पासलाई सदुपयोग गरेका थिए ।

८८औं मिनेटमा रुआन ट्रेससोल्डीले आत्मघाती गोल गरेपछि युभेन्ट्सले जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भयो । डुसान भ्लाहोभिच र पाउलो डिबालाको समन्वयमा बनेको मुभमा रुआनले बचाउन खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

अर्काे खेलमा १० खेलाडीमा समेटिएको फियोरेन्टिनाले एटलान्टामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ । फियोरेन्टिनाको जितमा क्रिजिस्टफ पियाटिकले दुई तथा निकोला मिलिन्कोभिकले एक गोल गरे । एटलान्टाका डाभिड जापाकोस्टा र जेरिमी बोगाले एक गोल गरे ।

बरगामोमा बिहीबार राति भएको खेलको नवौं मिनेटमा क्रिजिस्टफ पियाटिकको पेनाल्टी गोलबाट फियोरेन्टिनाले सुरुवाती अग्रता लिन सफल भयो । ३०औं मिनेटमा डाभिड जापाकोस्टाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५६औं मिनेटमा जेरिमी बोगाले गोल गरेपछि घरेलु टोलीले खेलमा २–१ को अग्रता लिन सफल भएको थियो । तर एटलान्टाले उक्त अग्रतालाई जोगाउन सकेन । ७१औं मिनेटमा पियाटिक पेनाल्टीमा चुकेपनि रिवाउन्डमा गोल गर्न सफल हुँदा खेल २–२ गोलको बराबरी पुग्यो ।

७९औं मिनेटमा लुकास मार्टिनेज क्वार्टा दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि फियोरेन्टिना १० खेलाडीमा समेटिन पुग्यो । तर, इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा निकोलाले गोल गर्दै फियोरेन्टिनालाई ३–२ को रोमाञ्चक जित दिलाए ।

यो सँगै कोपा इटालियाको सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा युभेन्ट्स र फियोरेन्टिना तथा एसी मिलान र इन्टर मिलानबीच प्रतिस्पर्धा हुनेछ । पहिलो लेग २ मार्चमा तथा दोस्रो लेग २० अप्रिलमा हुनेछ । फाइनल ११ मेमा हुनेछ ।

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

Success

Thank you for your time.