default_image

2 years ago

February 12, 2022

एन्फाको विशेष साधारण सभा स्थागित, फागुन ८ मा हुने

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को शनिबार हुने भनिएको विशेष साधारण सभा स्थगित भएको छ । एन्फाको आसन्न निर्वाचनका लागि तयार पारिएको नियमावलीमा विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को सुझावका लागि केहि समय लाग्ने भएकाले एक साताका लागि साधारण सभा स्थगित गरिएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।


‘एन्फा कार्यसमितिबाट निर्वाचन नियमावली तयार भएको छ । त्यसलाई फिफा र एएफसीमा पठाएका छौं । उताबाट केहि समय लाग्ने बताएपछि एक साता सारेका हौं, उनले भने,‘ विशेष साधारण सभामा निर्वाचिन सम्बन्धि विषय नै मुख्य भएकोले फिफा र एएफसीको सुझाव लिनु उपयुक्त हुन्छ ।’
तुलाधरका अनुसार एन्फाको विधान अनुसार साधारण सभाले नै एन्फाको निर्वाचन समिति र निर्वाचन पुनरावलोकन समिति गठन गर्नुपर्नेछ । ‘ विशेष साधारण सभाले निर्वाचन समिति र निर्वाचन पुनरावलोकन समिति गठन गर्नेछ। त्यस्तै अध्यक्षलगायत पदाधिकारी र सदस्यको उम्मेदवारको दर्ता शुल्क तोक्नेछ,’ उनले भने,‘त्यसबाहेक कोरोनाका कारण खर्च अनुमान गर्न मिलेको थिएन । त्यसलाई पनि विशेष साधारण सभामा प्रस्तुत गरिनेछ ।’

फुर्चुअल माध्यमबाट हुने भनिएको एन्फा विशेष साधारण सभामा एन्फाका ४८ सदस्य जिल्ला फुटबल संघ, ए,बी, सी डिभिजनका प्रतिनिधि, महिला समिति, प्रशिक्षक समिति, खेलाडी, रेफ्री समितिका प्रतिनिधिले भाग लिनेछन् । महासचिव तुलाधरले बी र सी डिभिजन क्लबको शुक्रबार बसेको साधारण सभाबाट विशेष साधारण सभाका लागि प्रतिनिधि क्लब चयन भएको बताए का छन् । बी र सी डिभिजनमा समान १४ क्लब छन् । बीबाट ११ र सीबाट ९ क्लबले विशेष साधारण सभामा भाग लिनेछन् ।

‘विशेष साधारण सभाबाट चुनिएका क्लबका प्रतिनिधिले विशेष साधारण सभामा भाग लिने हो,’ उनले भने,‘ २०७९ जेठ १५ गते हुने एन्फा निर्वाचनका लागि निर्वाचिन समिति गठन भएपछि त्यसले तोके अनुसार प्रतिनिधि क्लब चयन हुनेछन् ।’

त्यस्तै बीबाट बाँसबारी, वीरगन्ज युनाइटेड, ब्वाइज युनिय, चर्च ब्वाइज युनाइटेड, झम्सीखेल युथ , खुमलटार, मध्यपुर युथ एसोसिएसन, नयाँवस्ती युथ क्लब, सामिाजक युथ , सरस्वती युथ र श्रीकुमारी क्लबबा प्रतिनिधिले विशेष साधारण सभामा भाग लिनेछन् ।

सी डिभिजनबाट वीरगन्ज युथ एकेडेमी, महावीर, खालीबारी,स्वयम्भु, आरसी ३२ फुटबल एकेडेमी, मनोहरा युनाइटेड एकेडेमी, प्लानिङ ब्वाइज युनाइटेड, ओसिस र पुल्चोक स्पोर्टसका प्रतिनिधिले विशेष साधारणमा भाग लिने महासचिव तुलाधरले जानकारी दिए । सम्बन्धित क्लबले नै प्रतिनिधि तोक्नेछन् ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.