default_image

2 years ago

February 13, 2022

नेपोली र इन्टरको बराबरी

108 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा शीर्ष दौडमा रहेको इन्टर मिलान र नेपोलीले बराबरी खेल्दै अंक बाँडेका छन् । नेपोली र इन्टरले १–१ गोलको बराबरी खेलेको हो ।

स्टेडियो डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा शनिबार राति भएको खेलमा घरेलु टोलीले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । सातौ मिनेटमा लोरेन्जो इन्सिग्नेको पेनाल्टी गोलबाट नेपोलीले १–० को अग्रता लिएको थियो ।

स्टेफन डि भर्जले पेनाल्टी बक्समा भिक्टर ओसिमहेनलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै नेपोलीलाई पेनाल्टी प्रदान गरेको थियो ।

दोस्रो हाफको शुरुमै इडेन जेकोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । लोउटारो मार्टिनेजको क्रसमा जेको हेडरलाई क्लियर गर्न नसक्दा जेकोका प्रहार क्रसबारमा लाग्दै गोलमा परिणत भएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

यो बराबरीसँगै इन्टर २४ खेलबाट ५४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । एक खेल बढी खेलेको नेपोली ५३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो स्थानको एसी मिलानको ५२ अंक छ ।

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

May 19, 2024

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

एजेन्सी – म्यानचेस्टर सिटी लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड […]

Success

Thank you for your time.