default_image

2 years ago

February 14, 2022

एसी मिलान शीर्षस्थानमा उक्लियो

एजेन्सी – साम्पडोरियामाथि जित निकाल्दै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । मिलानले साम्पडोरियालाई १–० ले पराजित गर्दै शीर्षस्थानमा फर्किएको हो । मिलानोमा आइतबार राति भएको खेलमा मिलानको जितमा राफयल लियोले पहिलो हाफको शुरुमै गरेको गोल नै निर्णायक बन्यो । उनले आठौं मिनेटमा गोलरक्षक मिक मेइगननको लामो पासलाई नियन्त्रणमा लिदै गोल गरेका […]

103 views

0 Bookmark

एजेन्सी – साम्पडोरियामाथि जित निकाल्दै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । मिलानले साम्पडोरियालाई १–० ले पराजित गर्दै शीर्षस्थानमा फर्किएको हो ।

मिलानोमा आइतबार राति भएको खेलमा मिलानको जितमा राफयल लियोले पहिलो हाफको शुरुमै गरेको गोल नै निर्णायक बन्यो । उनले आठौं मिनेटमा गोलरक्षक मिक मेइगननको लामो पासलाई नियन्त्रणमा लिदै गोल गरेका थिए ।

३८औं मिनेटमा कोन्टीको पासमा क्यानड्रेभाको प्रहारलाई मिलानका डिफेन्डरले क्लिय गर्दै बराबरी टारे । ४४औं मिनेटमा जुनियर मेसिएसको प्रहारलाई साम्पडोरियाका गोलरक्षक फाल्कोनले डाइभ दिदै बचाए । ६०औं मिनेटमा मिलान अग्रता दोब्बर पार्नबाट चुक्यो ।

एन्टी रेविचको प्रहार मागनानीले ब्लक गर्दा आएको बलमा ओलिभर जिरुडको भली प्रहारलाई गोलरक्षक फाल्कोनले बचाए । ७१औैं मिनेटमा रोमागनोलीको हेडरमा गोलक्षक फाल्कोन नै बाधक बने । त्यसपछि थप गोल निस्कन नसक्दा मिलान विजयी हुन सफल भयो ।

यो जितसँगै मिलानले एक खेल कम खेलेको इन्टर मिलान र समान खेल खेलेको नेपोलीलाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । शीर्षस्थानमा उक्लिएको मिलानको २५ खेलबाट ५५ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टरको ५४ अंक रहेको छ । नेपोलीको ५३ अंक छ ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.