default_image

2 years ago

February 15, 2022

आत्मघाती गोलले एथलेटिको बिल्वाओको हार

136 views

0 Bookmark

एजेन्सी – अन्तिम समयमा आत्मघाती गोल गर्न पुग्दा एथलेटिको बिल्वाओले ले स्पेनिस ला लिगामा हार बेहोरेको छ । बिल्वाओले घरेलु टोली रियल मलोर्कासँग ३–२ को हार बेहोरेको हो ।

घरेलु मैदानमा मलोर्काको जितमा साल्भा सेभिल्ला र एन्जल रोड्रिग्वेजले गोल गर्दा एक गोल उपहार पाएको थियो । बिल्वाओका राहुल गार्सिया र एलेक्स बेरेनगुएरले गोल गरेपनि हार टार्न सकेन ।

मलोर्कामा सोमबार राति भएको खेलको २२औं मिनेटमा साल्भा सेभिल्लाको पेनाल्टी गोलबाट मलोर्काले सुरुवाती अग्रता लिएको थियो । ३०औं मिनेटमा एन्जल रोड्रिग्वजले गोल गरेपछि मलोर्का पहिलो हाफमा २–० ले अघि बढेको थियो ।

दोस्रो हाफमा दई मिनेटको अन्तरमा दुई गोल गर्दै बिल्वाओ खेलमा फर्किएको थियो । ५९औं मिनेटमा राहुल गार्सियाले तथा ६१औं मिनेटमा एलेक्स बेरेनगुएरले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए । तर निर्धारित समयको खेल सकिन दुई मिनेटमा बाँकी रहँदा गोलरक्षक युनाइ सिमोनले आत्मघाती गोल गर्न पुगेपछि बिल्वाओले हार बेहोर्न पुग्यो ।

यो हारसँगै सातौ स्थानमा उक्लने मौका गुमाएको बिल्वाओ २४ खेलबाट ३४ अंक जोडेर आठौं स्थानमा रहेको छ । मलोर्का २३ खेलबाट २६ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

Success

Thank you for your time.