default_image

2 years ago

February 20, 2022

नान्टेससँग पिएसजी स्तब्ध

एजेन्सी – च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल म्याड्रिडलाई हराएको पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा नान्टेससँग स्तब्ध बनेको छ । पिएसजी नान्टेसको मैदानमा ३–१ ले स्तब्ध बनेको हो । पिएसजीलाई स्तब्ध पार्न नान्टेसका रान्डल कोलो मुएनी, क्विन्टिन मेर्लिन र लुडोभिक ब्लासले गोल गरे । पिएसजीमा नेयमारले गोल फर्काएपनि हार टार्न सकेन । नान्टेसमा शनिबार […]

154 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल म्याड्रिडलाई हराएको पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा नान्टेससँग स्तब्ध बनेको छ ।

पिएसजी नान्टेसको मैदानमा ३–१ ले स्तब्ध बनेको हो । पिएसजीलाई स्तब्ध पार्न नान्टेसका रान्डल कोलो मुएनी, क्विन्टिन मेर्लिन र लुडोभिक ब्लासले गोल गरे । पिएसजीमा नेयमारले गोल फर्काएपनि हार टार्न सकेन ।

नान्टेसमा शनिबार राति भएको खेलमा घरेलु टोलीले खेलको चौथो मिनेटमा नै रान्डल कोलो मुएनीको गोलबाट अग्रता लिएको थियो । उनले मोसेस सिमोनको पासमा गोल गर्न सफल भएका थिए । १६औं मिनेटमा क्विन्टिन मेर्लिनले गोल गर्दै नान्टेसको अग्रता दोब्बर पारे । उनले ओस्मन बुकारीको पासमा गोल गर्न सफल भएका थिए ।

लुडोभिक ब्लासले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि पिएसजी पहिलो हाफमै ३–० ले पछि परेको थियो । जर्जिन्हो वाइनाल्डमले पेनाल्टी बक्समा जिन चार्लेस क्यास्टेललेटोलाई फउल गरेपछि नान्टेसले पेनाल्टी पाएको थियो ।

४७औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीलाई खेलमा फर्कने संकेत दिए । उनले लियोनेल मेस्सीको पासमा गोल गर्न सफल भएका थिए ।
५९औं मिनेटमा नेयमार पेनाल्टीमा चुके ।

गोलरक्षक एल्वान लाफन्टसँग वन अन वनको स्थितिमा रहँदा डिफेन्डर डेनिस एपिअले केलियन एमबाप्पेमाथि फउल गरेपछि रेफ्रीले पिएसजीलाई पेनाल्टी प्रदान गरेको थियो । तर, नेयमारको फितलो पेनाल्टीलाई लाफन्टले सहजै बचाए । त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी स्तब्ध हुन पुग्यो ।

यो हारसँगै पिएसजीले शीर्ष स्थानमा अग्रता मजवुत बनाउने अवसर गुमाएको छ । पिएसजी दोस्रो स्थानको मार्सेभन्दा १३ अंकले अघि छ । पिएसजी २५ खेलबाट ५९ अंक जोडेर शीर्षस्थानमै रहेको छ । पिएसजीलाई हराएको नान्टेस २५ खेलबाट ३८ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.