default_image

2 years ago

February 24, 2022

साफ यू–१८ का लागि प्रारम्भिक टोली घोषणा

80 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा अर्काे महिना आयोजना हुने यु–१८ महिला साफ च्याम्पियनसिपको लागि ४० सदस्यीय प्रारम्भिक टोली घोषणा भएको छ ।

प्रशिक्षक दर्शन भक्त राज लावतले बिहीबार ४० सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीले गत सोमबारदेखि नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण सुुरु गरिसकेको छ । टोलीको सहायक प्रशिक्षकमा भगवती थापा रहँदा गोलकिपिङ प्रशिक्षकमा श्री प्रकाश वैद्य रहेका छन् ।

च्याम्पियनसिप १५ देखि २५ मार्चसम्म भारतको जमसेदपुरमा हुदैछ । च्याम्पियनसिपमा आयोजक भारतसँगै नेपाल र बंगलादेशको सहभागिता रहेको छ । यि तीन टोलीले डवल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछ । सर्वाधिक अंक बटुल्ने टोली च्याम्पियन बन्नेछ ।

प्रारम्भिक टोली

सावित्री किसान (गोलरक्षक), लिला जोशी (गोलरक्षक), पुजा थापा (गोलरक्षक), सानीमाँया स्याङ्तान (गोलरक्षक), रन्जिता चौधरी (गोलरक्षक), दिपिका कथारिया (गोलरक्षक), सम्झना चौधरी, सविना चौधरी, मन्जु कुमारी खड्का, प्रतिक्षा चौधरी, गंगा कुमारी चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, गोमा रोकाया, सीमा रावल, विपना स्नेही, प्रेना डोल्मा लामा, दिव्य यस्माली मगर, मासाङ हिङडुङ, दीपा शाही, प्रतिक्षा राई, अनु राई, हीमा रावत, सरस्वती हमाल, प्रिति राई, सुष्मा जिटी, सुनकला राई, अञ्जली माचामासी, तुलसा बोहरा, सराह बज्राचार्य, मनिषा सेन, जेनिफर राना, सरिष्मा थापा, सदिपा भोलान, कुसुम खतिवडा, अमिषा कार्की, ममता पुन, मनमायाँ परियार, गरिमा राई र समिक्षा मगर ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.