default_image

2 years ago

February 25, 2022

च्याम्पियन्स लिगको फाइनल पेरिसमा हुने

94 views

0 Bookmark

एजेन्सी – यो सिजनको युइएफए च्याम्पियन्स लिगको फाइनल फान्सको पेरिसमा हुने भएको छ । युरोपेली फुटबलको सर्वाेच्च निकाय (युइएफए) को शुक्रबार बसेको बैठकले च्याम्पियन्स लिगको फाइनल रसियाबाट फ्रान्सको पेरिसमा सारिएको जनाएको छ ।

युक्रेनमा रुसको आक्रमणपछि युइएफएको बैठकले रसियाको सेन्ट पिटर्सवर्गबाट फ्रान्सको पेरिसमा सारिएको जनाएको छ । पुर्वी युरोपमा राजनीतिक तनावले महाद्धीपको परिचालक निकायबाट निर्णायक कार्य गर्न बाध्य पारेको र संघका अध्यक्ष एलेक्सान्डर सेफरिनको अध्यक्षमा बसेको बैठकले अब रुसलाई च्याम्पियन्स लिगको फाइनल नखेल्ने अनुमति नदिने निर्णय गरेको थियो । च्याम्पियन्स लिगको फाइनल २८ मेमा हुने तालिका थियो । अब यो फाइनल पेरिसमा हुनेछ ।

युइएफएको कार्यकारी समितिले युरोपका सुरक्षा अवस्थाको स्थिति गम्भीर रहेपछि आपतकालीन बैठकको आयोजना गरेको थियो । युइएफएले विज्ञप्ति जारी गर्दै सुरक्षा अवस्थालाई ध्यानमा राख्दै फाइनल खेल सेन्ट पिटर्सवर्गबाट पेरिसमा सारिएको उल्लेख गरेको छ ।

‘युइएफए फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई उनको व्यक्तिगत समर्थन र युरोपेली क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित खेल फ्रान्समा अतुलनीय संकटको समयमा सार्नको लागि प्रतिबद्धताको लागि धन्यवाद व्यक्त गर्न चहान्छ । फ्रान्सेली सरकारको साथमा युइएफएले डरलाग्दो मानवीय पीडा, विनास र विस्थापनको सामना गर्ने युक्रेनमा फुटबल खेलाडीहरु र उनीहरुको परिवारको उद्धारको प्रावधान सुनिश्चित गर्न गरिने प्रयासलाई पूर्ण रुपमा समर्थन गर्नेछ ।’ विज्ञप्तिमा उल्लेख छ ।

यस्तै बैठकले युइउफएको प्रतियोगितामा प्रतिस्पर्धा गर्ने रुसी र युक्रेनी क्लबहरु र राष्ट्रिय टोलीले अर्काे सुचना नभएसम्म उनीहरुले घरेलु खेलहरु तटस्थ मैदानमा खेल्नुपर्ने उल्लेख गरेको छ । युइएफएको यो निर्णयसँगै फ्रान्सले २००६ पछि च्याम्पियन्स लिगको फाइनलको आयोजना गर्नेछ । त्यतिबेला बार्सिलोनाले आर्सनललाई २–१ ले पराजित गर्दै च्याम्पियन बनेको थियो ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.