default_image

2 years ago

February 26, 2022

रेलिगेसन जोनको जिनोआसँग इन्टर मिलान रोकियो

142 views

0 Bookmark

एजेन्सी – शीर्षस्थानको एसी मिलान बराबरीमा रोकिएको दिन दोस्रो स्थानमा रहेको इन्टर मिलान पनि इटालियन सिरी ‘ए’ मा बराबरीमा रोकिएको छ ।

जेनोभामा शुक्रबार राति भएको खेलमा इन्टर मिलान घरेलु टोली रेलिगेसन जोनको जिनोआसँग निराशजनक गोलरहित बराबरीमा रोकिएको हो । यो बराबरीसँगै इन्टरले शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ । घरेलु टोलीलाई लगातार दवावमा राखेपनि इन्टर मिलानले गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

सातौ मिनेटमा हकान चलहानोग्लुको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । २८औं मिनेटमा मेलोगोनीको प्रहारलाई इन्टरका गोलरक्षक समिर हान्डानोभिकले दोस्रो प्रयासमा मुस्किलले बचाए । ६२औं मिनेटमा हकान चलहानोग्लुको कर्नरमा ड्यानियल डि एम्ब्रुसोको हेडर क्रसबार र गोलरक्षक साल्भाटोर सिरिगुलाई लागेर फर्कदा इन्टर अग्रता लिनबाट चुक्यो ।

७९औं मिनेटमा लोउटारो मार्टिनेजको प्रहरमा गोलक्षक सिरिगु नै बाधक बन्दा इन्टरले अग्रता लिन सकेन । लगत्तै ८०औं मिनेटमा निकोला बरेल्लाको भली प्रहारले पोस्टको दिशा लिन नसक्दा खेल बराबरीमा सकियो ।

यो बराबरीसँगै महत्वपुर्ण अंक गुमाएको इन्टरले शीर्षस्थानमा उक्लने मौकासमेत गुमाएको छ । यद्दपि टोलीले शीर्षस्थानको एसी मिलानले भन्दा एक खेल कम खेलेको छ । इन्टर २६ खेलबाट ५५ अंक जोडेर दोस्रो स्थानमा रहँदा शीर्षस्थानको मिलानसँग २ अंकले पछि छ ।

यो सिजन १ मात्र जित निकालेको जिनोआको यो १४औं बराबरी हो । १२ हार बेहोरेर रेलिगेसन जोनमा रहेको जिनोआ २७ खेलबाट १७ अंक जोडेर १९औं स्थानमा रहेको छ ।

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

May 19, 2024

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

एजेन्सी – म्यानचेस्टर सिटी लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड […]

Success

Thank you for your time.