default_image

2 years ago

February 27, 2022

साफ यू–१८ का लागि दोस्रो चरणमा ३० खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा अर्काे महिना आयोजना हुने यु–१८ महिला साफ च्याम्पियनसिपको लागि दोस्रो चरणमा ३० खेलाडी छनोट भएका छन् । प्रशिक्षक दर्शन भक्त राज लावतले आइतबार प्रारम्भिक चरणमा रहेका ४० खेलाडीबाट १० खेलाडीलाई कटौती गर्दै दोस्रो चरणमा ३० खेलाडी छनोट गरेको हो । दोस्रो चरणमा सानीमाँया स्याङ्तान, रन्जिता चौधरी, दिपिका कथारिया, गोमा रोकाया, […]

67 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा अर्काे महिना आयोजना हुने यु–१८ महिला साफ च्याम्पियनसिपको लागि दोस्रो चरणमा ३० खेलाडी छनोट भएका छन् ।

प्रशिक्षक दर्शन भक्त राज लावतले आइतबार प्रारम्भिक चरणमा रहेका ४० खेलाडीबाट १० खेलाडीलाई कटौती गर्दै दोस्रो चरणमा ३० खेलाडी छनोट गरेको हो । दोस्रो चरणमा सानीमाँया स्याङ्तान, रन्जिता चौधरी, दिपिका कथारिया, गोमा रोकाया, प्रेना डोल्मा लामा, मासाङ हिङडुङ, प्रतिक्षा राई, मनिषा सेन, ममता पुन, र समिक्षा मगरले स्थान बनाउन सकेनन् ।

प्रशिक्षक लावतले गत बिहीबार बिहीबार ४० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो । टोलीले गत सोमबारदेखि नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण सुुरु गरिसकेको छ । टोलीको सहायक प्रशिक्षकमा भगवती थापा रहँदा गोलकिपिङ प्रशिक्षकमा श्री प्रकाश वैद्य रहेका छन् ।

च्याम्पियनसिप १५ देखि २५ मार्चसम्म भारतको जमसेदपुरमा हुदैछ । च्याम्पियनसिपमा आयोजक भारतसँगै नेपाल र बंगलादेशको सहभागिता रहेको छ । यि तीन टोलीले डवल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछ । सर्वाधिक अंक बटुल्ने टोली च्याम्पियन बन्नेछ ।

दोस्रो चरणमा छानिएका खेलाडी

सावित्री किसान (गोलरक्षक), लिला जोशी (गोलरक्षक), पुजा थापा (गोलरक्षक), सम्झना चौधरी, सविना चौधरी, मन्जु कुमारी खड्का, प्रतिक्षा चौधरी, गंगा कुमारी चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, सीमा रावल, विपना स्नेही, दिव्या यस्माली मगर, दीपा शाही, अनु राई, हीमा रावत, सरस्वती हमाल, प्रिति राई, सुष्मा जिटी, सुनकला राई, अञ्जली माचामासी, तुलसा बोहरा, सराह बज्राचार्य, जेनिफर राना, सरिष्मा थापा, सदिपा भोलान, कुसुम खतिवडा, अमिषा कार्की, मनमायाँ परियार र गरिमा राई ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.