default_image

2 years ago

February 28, 2022

डेम्वेले चम्कदा बार्सिलोनाको सानदार जित

एजेन्सी – सब्सिच्युट विंगर फरवार्ड औसमाने डेम्वेलेले एक गोलसँगै दुई असिस्ट दिएपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ । बार्सिलोनाले एथलेटिको बिल्वाओलाई घरेलु मैदानमा ४–० को भारी अन्तरले पराजित गरेको हो । विन्टर ट्रान्सफरमा केही खेलाडी भित्र्याएको बार्सिलोनामा त्यसको सकरात्मक प्रभाव देखिदा आइतबार राति बिल्वाओविरुद्ध बार्सिलोनाको जितमा पिएरे इमिरिक औवामियाङ, […]

88 views

0 Bookmark

एजेन्सी – सब्सिच्युट विंगर फरवार्ड औसमाने डेम्वेलेले एक गोलसँगै दुई असिस्ट दिएपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ । बार्सिलोनाले एथलेटिको बिल्वाओलाई घरेलु मैदानमा ४–० को भारी अन्तरले पराजित गरेको हो ।

विन्टर ट्रान्सफरमा केही खेलाडी भित्र्याएको बार्सिलोनामा त्यसको सकरात्मक प्रभाव देखिदा आइतबार राति बिल्वाओविरुद्ध बार्सिलोनाको जितमा पिएरे इमिरिक औवामियाङ, औसमाने डेम्वेले, लुक डि जोङ र मेम्फिस डिपाएले गोल गरे । पहिलो हाफमा एक गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल थपेको थियो ।

क्याम्प नोउमा बार्सिलोनाले खेलको ३७औं मिनेटमा पिएरे इमिरिक औवामियाङको गोलबाट अग्रता लिएको थियो । ड्यानी आल्भेसको कर्नरमा जेरार्ड पिकेको हेडर क्रसबारमा लागेर फर्कदा औवामियाङले ६ यार्ड बक्सभित्रबाट खाली पोस्टमा जाली चुमाएका थिए ।

दोस्रो हाफमा भने सब्सिच्युट विंगर फरवार्ड औसमाने डेम्वेले चम्किए । ६७औं मिनेटमा फेरान टोरेसको स्थानमा मैदान छिरेका डेम्वेलेले मैदान छिरेको छैटौं मिनेट अर्थात ७३औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । उनले अर्का सब्सिच्युट फ्रान्की डि जोङको पासमा गोल गर्न सफल भएका थिए ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लुक डि जोङले डेम्वेलेको पासमा गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा अर्का सब्सिच्युट फरवाडै मेम्फिस डिपाएले गोल गर्दै बार्सिलोनालाई सानदार जित दिलाए । ८२औं मिनेटमा एडमा ट्राओरेको स्थानमा मैदान छिरेका डिपाएले डेम्वेलेको पासमा गोल गर्न सफल भएका थिए ।

योसँगै बार्सिलोनाले २१ जनवरीमा कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा भोगेको हारको बदला लिएको छ । बार्सिलोना त्यतिबेला अतिरिक्त समयमा ३–२ ले पराजित भएको थियो । त्यसयता अपराजित रहेको बार्सिलोनाले ५ जित र २ बराबरीको नतिजा निकालेको छ ।

यो जितसँगै बार्सिलोना २५ खेलबाट ४५ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । समान ४५ अंक रहेपनि गोलअन्तरमा एट्लेटिको म्याड्रिड पछि परेको छ । बार्सिलोना एक खेल बढी खेलेको शीर्षस्थानको रियल म्याड्रिडभन्दा १५ अंकले पछि छ । पराजित बिल्वाओ २६ खेलबाट ३७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

अन्य नतिजा
भिल्लारियलविरुद्ध स्पान्योल (–१), सेभियाविरुद्ध रियल बेटिस (–१) र रियल सोसिडाडविरुद्ध ओसासुना (–०)

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.