default_image

2 years ago

February 28, 2022

फिफाद्वारा रुसलाई प्रतिबन्ध लगाउने तयारी

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्तमान घटनाक्रमलाई मध्यनजर गर्दै रुसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाउने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले रुस र बेलारुसका सबै खेलाडी र अफिसियललाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नमा प्रतिबन्ध लगाउन सिफारिस गरेसँगै फिफाले पनि प्रतिबन्ध लगाउने भएको हो । फिफाले अधिकारिक पुष्टि केहि समयमा नै गर्ने बुझिएको छ । […]

136 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्तमान घटनाक्रमलाई मध्यनजर गर्दै रुसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाउने भएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले रुस र बेलारुसका सबै खेलाडी र अफिसियललाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नमा प्रतिबन्ध लगाउन सिफारिस गरेसँगै फिफाले पनि प्रतिबन्ध लगाउने भएको हो । फिफाले अधिकारिक पुष्टि केहि समयमा नै गर्ने बुझिएको छ ।

फिफाको यस निर्णयसँगै रुसले अर्को महिना हुने विश्वकप छनोटको प्लेअफमा पनि सहभागिता जनाउन पाउने छैन । यसअघि फिफाले रुसले आफ्नो खेल फुटबल युनियन अफ रसियाको नाममा घरेलु मैदानमा खेल्न नपाउने निर्णय गरेको थियो । तर अधिकांश युरोपेली राष्ट्रले फिफाको यो निर्णयको आलोचना गरेपछि फिफाले प्रतिबन्ध नै गर्ने निर्णय लिएको हो ।

रुसले विश्वकप छनोटको प्लेअफमा पोल्यान्डको सामना गर्ने तालिका रहेको थियो । मार्च २९ मा हुने खेलमा अब पोल्यान्ड अघि बढ्ने सम्भावना छ । उक्त समूहको प्लेअफको अर्को खेलमा चेक र स्विडेन खेल्दैछन् ।

यूईएफएले यसअघि नै रुसमा हुने भनिएको च्याम्पियन्स लिगको फाइनल पेरिसमा सारिसकेको छ । यस्तै युरोपा लिगमा आरबी लाइप्जिग र रुसको स्पार्टाक मस्कोबिचको खेल पनि रद्द हुने आँकलन रहेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.