default_image

2 years ago

March 1, 2022

रुसमाथि फिफा र युइएफएको प्रतिबन्ध

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए) ले अर्काे सुचना जारी नभएसम्मको लागि रुसलाई फुटबलबाट प्रतिबन्ध सुनाएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यबद्धता जनाउदै फिफा र युइएफएले अर्काे सुचना नआएसम्मको लागि रुसलाई प्रतिबन्ध लगाएको हो । फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँगै सबै क्लबलाई समेत सबैखाले […]

92 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए) ले अर्काे सुचना जारी नभएसम्मको लागि रुसलाई फुटबलबाट प्रतिबन्ध सुनाएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यबद्धता जनाउदै फिफा र युइएफएले अर्काे सुचना नआएसम्मको लागि रुसलाई प्रतिबन्ध लगाएको हो । फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँगै सबै क्लबलाई समेत सबैखाले प्रतियोगितामा प्रतिबन्ध गरेको छ ।

फिफाले आइतबार मात्रै मात्र रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गानविना अन्तर्राष्ट्रिय फुटबल खेल्न निर्देशन दिएपनि त्यसको चर्काे आलोचना भएपछि फिफाले प्रतिबन्धको नै निर्णय गरेको हो ।

फिफाको यस निर्णयसँगै रुसले अर्को महिना हुने विश्वकप छनोटको प्लेअफमा पनि सहभागिता जनाउन पाउने छैन । रुसले विश्वकप छनोटको प्लेअफमा पोल्यान्डको सामना गर्ने तालिका रहेको थियो । मार्च २९ मा हुने खेलबाट अब पोल्यान्ड अघि बढ्ने सम्भावना छ । उक्त समूहको प्लेअफको अर्को खेलमा चेक रिपब्लिक र स्वीडेन खेल्दैछन् ।

यस्तै यूईएफएले यसअघि नै रुसमा हुने भनिएको च्याम्पियन्स लिगको फाइनल पेरिसमा सारिसकेको छ । यस्तै युरोपा लिगमा आरबी लाइप्जिग र रुसको स्पार्टाक मस्कोबीचको खेल पनि रद्ध हुने आँकलन गरिएको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.