default_image

4 years ago

March 2, 2022

श्री भगवती, सरस्वती र ब्वाइज युनियनको विजयी सुरुवात

356 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – श्री भगवती क्लब, ब्वाइज युनियन क्लब र सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी सुरुवात गरेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा श्री भगवतीले झम्सीखेल युथ क्लबलाई ३–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । श्री भगवतीको जितमा अनिल गुरुङ, रमेश उरव र मिलान खड्काले गोल गरे । झम्सीखेलका मन कुमार राईले एक गोल फर्काए । खेलको २४औं मिनेटमा अनिल गुरुङको गोलबाट श्री भगवतीले सुरुवाती अग्रता लिएको थियो । ३७औं मिनेटमा मन कुमार राईले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

५०औं मिनेटमा रमेश उरवले गोल गर्दै श्री भगवतीलाई २–१ को अग्रता दिलाए । ६३औं मिनेटमा मिलान खड्काले गोल गर्दै श्री भगवतीको जित पक्का गरे । त्यसपछि खेलमा श्री भगवतीले थप आक्रमण बुनेपनि गोल थप्न सकेन ।

अर्काे खेलमा गत सिजन ए डिभिजनबाट रेलिगेसनमा परेको सरस्वती युथ क्लबले एक गोलले पछि परेको स्थिति उल्ट्याएर बाँसबारी क्लबमाथि ३–१ को जित निकालेको छ । सरस्वतीको जितमा विक्रम विसुंखे, श्रीजल लामा र भुपेन्द्र शाहीले गोल गरे । बाँसबारीका विके राईको गोल सान्त्वना बन्यो । खेलको छैटौं मिनेटमा विके राईको गोलबाट बाँसबारीले सुरुवाती अग्रता लिएको थियो । तर, त्यो अग्रतालाई बाँसबाबरीले जोगाउन सकेन ।

२०औं मिनेटमा विक्रम विसुंखेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर सरस्वतीले दुई गोल गर्दै टोलीको जित पक्का गरे । ८७औं मिनेटमा श्रीजल लामाले गोल गर्दै सरस्वतीलाई २–१ ले अघि बढाए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा भुपेन्द्र शाहीले गोल गर्दै सरस्वतीको जित पक्का गरे ।

दिनको अन्तिम खेलमा ब्वाइज युनियन क्लबले बीरगंज युनाइटेडलाई १-० ले पराजित गर्यो । खेलको ६४ औं मिनेटमा मिलन लिम्बुले गरेको गोल नै ब्वाइज युनियनको जितमा निर्णायक बन्यो ।

प्रतियोगिता अन्तर्गत विहीबार पनि तीन खेल हुनेछ । विहान ९:३० बजे चर्च ब्वाइज युनाइटेड र टुसाल युवा क्लब, दोस्रो खेलमा मध्यान्ह १२:४५ बजे श्री कुमारी क्लब र नयाँबस्ती युवा क्लब तथा अन्तिम खेलमा दिउँसो ४ बजे रानीपोखरी कर्नर टिम (आरसिटी) र खुमलटार युवा क्लब भिड्नेछन् । लिगमा १४ क्लबको सहभागिता रहेको छ ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.