4 years ago
March 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आशिष चापागाईको ह्याट्रिक सहयोगमा चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सानदार विजयी सुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको खेलमा चर्च ब्वाइजले टुसाल युथ क्लबमाथि ५–२ को फराकिलो जित निकालेको हो । चर्च ब्वाइजको जितमा आशिषले ह्याट्रिक पूरा गर्दा बिकास राई र कुवेर न्यौपानेले समान एक गोल गरे । टुसालका गिलेप्सी जंग कार्की र उत्तम शाहीले समान एक गोल फर्काए ।
चर्च ब्वाइजले पहिलो हाफमा चार गोल गर्दा दोस्रो हाफमा एक गोल थप्दा दुई गोल बेहोरेको थियो । छैटौं मिनेटमा आशिषको गोलबाट चर्च ब्वाइजले सुरुवाती अग्रता लिन सफल भयो । १७औं मिनेटमा आशिषले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर पारे ।
२१औं मनिेटमा बिकास राईले गोल गरेपछि चर्च ब्वाइज ३–० ले अघि बढ्यो । ३३औं मिनेटमा आशिषले ह्याट्रिक पुरा गर्दा चर्च ब्वाइज पहिलो हाफमा ४–० ले अघि बढ्यो । जारी ‘बी’ डिभिजनमा यो पहिलो ह्याट्रिक हो ।

७२औं मिनेटमा गिलेप्प्सी जंग कार्कीले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए । ८६औं मिनेटमा सब्सिच्युट कुवेर न्यौपानेले गोल गर्दै चर्च ब्वाइजलाई ५–१ ले अघि बढाए । कुवेर ४६औं मिनेटमा सनम भुजेलको स्थानमा मैदान छिरेका थिए ।
८९औं मिनेटमा सब्सिच्युट उत्तम शाहीले मैदान प्रवेश गरेको पहिलो मिनेटमा गोल गर्दै खेललाई ५–२ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा चर्च ब्वाइज विजयी हुन सफल भयो ।
यसअघि बुधबार श्री भगवती क्लब, ब्वाइज युनियन क्लब र सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी सुरुवात गरिसकेका छन् । लिगमा १४ क्लबको सहभागिता रहेको छ ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]