default_image

2 years ago

March 6, 2022

रियल म्याड्रिडको सानदार पूनरागमन जित

124 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले सानदार जित निकालेको छ । रियलले खेलमा पछि परेको स्थिति उल्ट्याउँदै रियल सोसिडाडमाथि ४–१ को सानदार पूनरागमन जित निकालेको हो ।

घरेलु मैदानमा रियलको जितमा इडुआर्डाे कामाभिंगा, लुका मोड्रिच, कप्तान करिम बेन्जेमा र मार्काे एसेन्सियोले गोल गरे । रियल सोसिडाडका मिकेल ओयरजावालको सान्त्वना बन्यो ।

सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलको १०औं मिनेटमा नै घरेलु टोली खेलमा पछि परेको थियो । ड्यानी कार्भाजलले पेनाल्टी बक्समा डेभिड सिल्भामाथि फउल गर्न पुगेपछि प्राप्त पेनाल्टीमा मिकेल ओयरजावालले गोल गर्दै सोसिडाडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

एक गोलले पछि परेको रियलले त्यसपछि सोसिडाडमासथ लगातार दवाव बढाउँदै ४०औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । इडुआर्डाे कामाभिंगाले लुका मोड्रिचको पासमा गोल गर्न सफल भएका थिए । त्यसको तीन मिनेटपछि लुका मोड्रिचले करिम बेन्जेमाको पासमा गोल गर्दै रियललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

६९औं मिनेटमा करिम बेन्जेमाले गोल गरेपनि भिएआरबाट अफसाइड ठहरिदा गोलले मान्यता पाएन । तर, ७६औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई ३–१ ले अघि बढाए । अरिट्ज इलुसटोन्डोले भिनिसियस जुनियरममाथि फउल गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै रियललाई पेनाल्टी प्रदान गरेको थियो । जसमा बेन्जेमा चुकेनन् ।

त्यसपछि ७९औं मिनेटमा मार्काे एसेन्सियोले मैदान प्रवेश गरेको दोस्रो मिनेटमा गोल गर्दै रियलको फराकिलो जित पक्का गरे । ७७औं मिनेटमा रोड्रिगोको स्थानमा मैदान छिरेका एसेन्सियोले ड्यानी कार्भाजलको पासमा गोल गर्न सफल भएका थिए ।

यो जितसँगै रियलले आफ्नो शीर्षता थप बलियो बनाउँदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । रियलले दोस्रो स्थानमा रहेको सेभियामाथि ८ अंकको स्पष्ट अग्रता लिएको छ ।

रियलको २७ खेलबाट ६३ अंक पुगेको छ । समान खेलबाटै सेभियाको ५५ अंक छ । रियलसँग हार बेहोरेको रियल सोसिडाडको ४४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

अन्य नतिजा

एलाभेसविरुद्ध सेभिया (०–०), ओसासुनाविरुद्ध भिल्लारियल (–०), स्पान्योलविरुद्ध गेटाफे (–०) र भ्यालेन्सियाविरुद्ध ग्रानडा (–१)

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.