default_image

2 years ago

March 6, 2022

मानेको गोलमा लिभरपुलको जित

81 views

0 Bookmark

एजेन्सी – सेनेगलका फरवार्ड साडियो मानेको गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडमाथि १–० को झिनो जित आत्मसात गरेको हो ।

एनफिल्डमा शनिबार राति भएको खेलमा लिभरपुलको जितमा मानेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले २७औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासमा गोल गरेका थिए ।

त्यसपछि पनि लिभरपुलले पाहुना टोलीलाई लगातार दवावमा राखेपनि थप गोल निस्कन नसक्दा पहिलो हाफको गोलले नै लिभरपुललाई महत्वपूर्ण ३ अंक जोड्न पर्याप्त बन्यो ।

यो जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी ३ मा छोट्याएको छ । लिभरपुलको २७ खेलबाट ६३ अंक पुगेको छ । समान खेलबाटै सिटीको ६६ अंक रहेको छ । पराजित वेस्टह्याम २८ खेलबाट ४५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । लिभरपुलसँगको हारले वेस्ट ह्याम शीर्ष चारमा उक्लनबाट वञ्चित बन्यो ।

अन्य नतिजा

लेस्टरविरुद्ध लिड्स (–०), एस्टन भिल्लाविरुद्ध साउथह्याम्टन (–०), न्यूक्यासलविरुद्ध ब्राइटन (–१), नर्विचविरुद्ध ब्रेन्टफर्ड (१–), वल्भ्सविरुद्ध क्रिस्टल प्यालेस (०–) र बर्नलेविरुद्ध चेल्सी (०–)

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.