4 years ago
March 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रानीपोखरी कर्नर टिम (आरसिटी) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित निकाल्ने क्रममा मध्यपुर युथ एसोसिएसनमाथि सहज जित निकालेको छ । आरसिटीले मध्यपुरलाई २–० ले पराजित गरेको हो ।

आरसिटीको जितमा कप्तान अमर डंगोल र सागर बन्ठा थारुले गोल गरे । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलको पहिलो मिनेटमा नै कप्तान अमरको गोलबाट आरसिटीले सुरुवाती अग्रता लिएको थियो । ८७औं मिनेटमा सागर बन्ठा थारुले गोल गर्दै आरसिटीलाई लिगमा पहिलो जित दिलाए ।
पहिलो जितसँगै आरसिटीले लिगमा ३ अंक जोडेको छ । आरसिटी पहिलो खेलमा खुमलटार युथ क्लबसँग ३–१ ले पराजित भएको थियो । मध्यपुरको यो पहिलो हार हो । यसअघि मध्यपुरले पहिलो खेलमा सामाजिक युथ क्लबलाई ५–२ ले पराजित गरेको थियो ।
यो नतिजासँगै मध्यपुर २ खेलबाट ३ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । समान ३ अंक नै रहेपनि गोलअन्तरमा मध्यपुर चौथो स्थानमा रहेको छ ।
अर्काे खेलमा श्री कुमारी र सामाजिक युथ क्लबले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । श्री कुमारीमा राज भुसाल, विपिन मगर र लक्ष्मण थारुले गोल गरे । सामाजिकका वसन्त बहादुर राना, कृष्ण भण्डारी र सुरेश खत्रीले गोल गरे ।
यो बराबरीसँगै श्री कुमारी २ खेलकाट २ अंक जोडेर नवौं स्थानमा रहेको छ । पहिलो अंक जोडेर सामाजिक १ अंक जोडेर १३औं स्थानमा रहेको छ ।
दिनकै पहिलो खेलमा आशिष चापागाईको दुई गोल मद्दतमा चर्च ब्वाइज युनाइटेडले खुमलटार युथ क्लबलाई २–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिन सफल भएको छ । चर्च ब्वाइजको दुई खेलबाट ६ अंक पुगेको छ । खुमलटार ३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]