default_image

2 years ago

March 16, 2022

एरिक्सन डेनमार्कको राष्ट्रिय टोलीमा समावेश

153 views

0 Bookmark

एजेन्सी – मिडफिल्डर क्रिस्टियन एरिक्सन युरो २०२० को दौरान ह्रदयघात भएयता पहिलो पटक डेनमार्कको राष्ट्रिय फुटबल टोलीमा समावेश भएका छन् ।

युरो अन्तर्गत समूह चरणमा फिनल्याण्डको सामना गर्दा एरिक्सनलाई हृदयघात भएको थियो । त्यसपछि शल्यक्रिया गर्दै मुटुमा इम्प्लान्टेड कार्डियोभर्टर डेफी ब्रिलेटर (आइसिडी) नामक विशेष उपकरण जडान गरेर एरिक्सन मैदान फर्किएका थिए । उनलाई प्रिमियर लिगको ब्रेन्टफर्डले अनुबन्ध गरेको थियो । मैदान फर्केपछि एरिक्सनले प्रभावशाली प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा पुनरागमन गर्ने आधार बनाएका हुन् ।

डेनमार्कले अर्को साता हुने मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्स र सर्बियाको सामना गर्दैछ । त्यसअघि टोलीले स्पेनमा रहेर प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ । डेनमार्कले सन् २०२२ को अन्त्यमा हुने फिफा विश्वकपमा स्थान पक्का गरिसकेको छ । समूहको १० खेलमा २७ अंकसाथ डेनमार्क शीर्षस्थानमा रहेको थियो ।

एरिक्सनले आफू विश्वकपमा खेल्ने इच्छा व्यक्त गरेका थिए । इटालीमा आइसिडी जडान गरेर खेल्न नपाउने प्रावधान रहेकाले इन्टर मिलानले उनलाई आपसी सहमतिमा फुकुवा गरेको थियो । त्यसपछि उनी ६ महिनाका लागि ब्रेन्टफर्डसँग अनुबन्धित भएका थिए ।

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

Success

Thank you for your time.