default_image

2 years ago

March 17, 2022

चक्रतीर्थलाई राइनास कप फुटबल उपाधि

लमजुङ (हाम्रो खेलकुद) – चक्रतीर्थ युवा क्लब सातविसे लमजुङले प्रथम ऐतिहासिक राइनास कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गौलिटार क्षेत्रीय खेल मैदानमा बुधबार भएको फाइनलमा मर्स्याङ्दी युवा क्लब हवाई ग्राउन्ड गोरखा पालुङटारलाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै चक्रतीर्थले १ लाख ५० हजार रुपैयासँगै कप र मेडल जितेको छ […]

65 views

0 Bookmark

लमजुङ (हाम्रो खेलकुद) – चक्रतीर्थ युवा क्लब सातविसे लमजुङले प्रथम ऐतिहासिक राइनास कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

गौलिटार क्षेत्रीय खेल मैदानमा बुधबार भएको फाइनलमा मर्स्याङ्दी युवा क्लब हवाई ग्राउन्ड गोरखा पालुङटारलाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै चक्रतीर्थले १ लाख ५० हजार रुपैयासँगै कप र मेडल जितेको छ । दोस्रो भएको मर्स्र्याङ्दी युवा क्लबले १ लाख रुपैयासँगै कप र मेडल हात पारेको छ ।

सान्त्वना भएको आयोजक गौलिटार क्षेत्रीय खेल मैदान समिति र जनविकास मावि बेशीशहरले समान २५–२५ हजार प्राप्त गरेको आयोजकले जनाएको छ । जनविकासले अनुशाषित टोली हुँदै थप १० हजार रुपैया जितेको छ ।

मर्स्याङ्दी युवा क्लबका सुन्दर बस्याल सर्वाेत्कृष्ट खेलाडी घोषित भए । मर्स्याङ्दीकै साजन विक सर्वाधिक गोलकर्ता चुनिए । च्याम्पियन टोली चक्रतीर्थका विक्रम थापा उत्कृष्ट गोलरक्षक चुनिए । उनीहरु सबैले जनही १० हजार प्राप्त गरे ।

विजयी टोली तथा खेलाडीलाई राइनास नगरपालिकाका मेयर सिंह बहादुर थापा, उपमेयर धनकुमारी गुरुङ, गौलिटार क्षेत्रीय खेल मैदान समितिका सल्लाहकार समितिका संयोजक तथा नेपाली कांग्रेस लमजुङको पुर्व पार्टी सभापति तुलसी नारायण श्रेष्ठ, गौलिटार क्षेत्रीय खेल मैदान समितिका अध्यक्ष टकेन्द्रनाथ चिलुवाललगायतले पुरस्कृत गरे ।

गौलिटार क्षेत्रीय खेल मैदान समिति राइनास नगरपालिका ६ धमिलीकुवाको आोजनामा २७ फागुनबाट सुरु भएको प्रतियोगितामा विभिन्न १३ टोलीको सहभागिता रहेको थियो । खेल नकआउटको आधारमा भएको थियो ।

गौलिटार क्षेत्रिय खेलमैदान समितिले खेलमैदानको निमार्ण पश्चात पहिलोपटक राइनस कप खुल्ला फुटबल प्रतियोगिता आयोजना गरेको हो । 

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.