default_image

2 years ago

March 18, 2022

प्रिमियर लिगमा दर्शकले आफैंलाई पोस्टमा बाँधेपछि..

87 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत एभर्टन र न्युकासलबीचको खेलमा एक दर्शकले आफैंलाई पोस्टमा बाँधेपछि खेल ७ मिनेट रोकिन पुगेको छ ।

दोस्रो हाफको ५७ औं मिनेटमा बेलायती सरकारको विरुद्धमा उत्रेको ‘जस्ट स्टप ओइल’ नामक संस्थाका २१ वर्षीय लुइसले आफैंलाई पोस्टमा बाँधेका थिए । उनले घाँटीमा प्लास्टिकको लकलाई पोस्टमा लगाएका थिए । उनलाई त्यहाँबाट निकाल्न टनलबाट उपकरण ल्याउनु परेपछि खेल ७ मिनेट रोकिएको थियो ।

विरोधकर्तालाई फुकाउने बितिक्कै एक एभर्टन समर्थकले मैदानभित्र पसेर उनीमाथि आक्रमण गर्न खोजेका थिए । तर सुरक्षा व्यवस्था राख्न तैनाथ स्टेवार्डले उनलाई पनि समाते । विरोध गर्ने संस्थाले सरकारले तेलको प्रयोगमा समाज अतिनिर्भर भइरहेको अवस्थामा पनि कुनै कदम नचालेकोमा विरोध गरेको बताएको छ ।

यसअघि बुधबार पनि प्रिमियर लिगको आर्सनल र लिभरपुलको खेलमा यसै समूहका एक व्यक्तिले विरोधको प्रयास गरेका थिए । तर उनले आफैंलाई पोस्टमा बाँध्न नसकेपछि स्टेवार्डले उनलाई एकछिनमा नै मैदानबाहिर लागेका थिए ।

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

May 19, 2024

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

एजेन्सी – म्यानचेस्टर सिटी लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड […]

Success

Thank you for your time.