default_image

2 years ago

March 20, 2022

के होला मेस्सीको भविष्य?

एजेन्सी – उच्च वा खराब फर्म जुन अवस्थामा हुँदा पनि पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार लियोनल मेस्सीको चर्चा हुन्छ नै । च्याम्पियन्स लिगको अन्तिम १६ बाटै पिएसजी बाहिरिएपछि मेस्सीको भविष्यका विषयमा चर्चा पुन: सुरु भएको छ । पिएसजीमा पनि उनलाई लिएर केहि दुविधा रहेको बताइन्छ । पिएसजीले भविष्यमा पनि मेस्सीलाई मुख्य फरवार्डका रुपमा […]

54 views

0 Bookmark

एजेन्सी – उच्च वा खराब फर्म जुन अवस्थामा हुँदा पनि पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार लियोनल मेस्सीको चर्चा हुन्छ नै । च्याम्पियन्स लिगको अन्तिम १६ बाटै पिएसजी बाहिरिएपछि मेस्सीको भविष्यका विषयमा चर्चा पुन: सुरु भएको छ ।

पिएसजीमा पनि उनलाई लिएर केहि दुविधा रहेको बताइन्छ । पिएसजीले भविष्यमा पनि मेस्सीलाई मुख्य फरवार्डका रुपमा आफ्नो योजना बनाइरहेको छ । मेस्सी र पिएसजीको दुई वर्षे सम्झौताको यो पहिलो वर्ष हो । त्यसमा अर्को एक वर्षको सम्झौताका लागि पनि विकल्प राखिएको छ । त्यसअर्थ उनी पिएसजीप्रति प्रतिवद्ध देखिन्छन् ।

केहि कारण छ जसले पिएसजी मेस्सीप्रति भरोसा गरिरहेको छ । मुख्यत: केलियन एमबाप्पे रियल म्याड्रिड जान सक्छन् । अर्को नेयमारसँग क्लब त्यति खुसी छैन । उनलाई विक्री गर्ने विषयमा पनि बेला बखत चर्चा हुने गरेको छ । एमबाप्पे नरहेको अवस्थामा मेस्सीले नै मुख्य भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । टोलीमा परिवर्तन आउन सक्छ । यद्दपी पिएसजीको नयाँ प्रशिक्षक को हुनेछन् त्यसमा पनि टोलीको निर्माण निर्भर हुनेछ ।

यो सिजन मेस्सी स्ट्राइकर भन्दा पनि प्ले मेकेरको भूमिकामा बढी देखिएका छन् । उनी तल सम्म गएर बिल्डअपका लागि प्रयास गरिरहेका छन् । एमबाप्पलेलाई आक्रमणमा सहज बनाइदिन पनि मेस्सीले मेहनत गरिरहेका छन् । यदि एमबाप्पेले छाडेको अवस्थामा भने मेस्सीले टोलीको आक्रमण सम्हाल्ने सम्भावना रहन्छ ।

मेस्सीको लक्ष्य

अर्को वर्षको च्याम्पियन्स लिगका लागि निकै समय बाँकी छ । तर मेस्सी विजेता खेलाडी हुन् । उनले अर्को वर्ष टोलीलाई च्याम्पियन्स लिग जिताउने विषयमा सोचेका हुन सक्छन् । पिएसजी पनि च्याम्पियन्स लिग जित्नका लागि आतुर छ । त्यो चुनौतीलाई मेस्सीले राम्ररी बुझेका छन् । क्लबको सपना पूरा गर्नका लागि पनि मेस्सीले प्रयास गर्नेछन् ।

यो सिजन अझै बाँकी छ । त्यसअर्थ टोलीको अहिलेको प्राथमिकता भनेको लिग वान जित्ने हो । पिएसजी दोस्रो स्थानको मार्सेको भन्दा १५ अंक बढी छ । पिएसजीले उपाधि जित्ने सम्भावना बढि छ । मेस्सीले लिग वान सहित अन्य घरेलु उपाधि टोलीलाई जिताउन प्रयास गर्नेछन् ।

यद्दपी मेस्सीको व्यक्तिगत वा सामूहिक प्रदर्शन सन्तोषजनक रहन सकेको छैन । यो वर्ष बालोन डी ओर जितेका मेस्सीका लागि अर्को वर्ष त्यहि सफलताका लागि सहज छैन । लिग वानको सर्वाधिक गोलकर्ता हुन पनि कठिन छ । उनले लिग वानमा अहिले सम्म जम्मा २ गोल गरेका छन् ।

मेस्सी नोभेम्बर र डिसेम्बरका लागि विश्व कपमा व्यस्त हुनुपर्नेछ । त्यो पनि उनको दिमागमा घुमिरहेको हुनुपर्छ । यो उनका लागि अन्तिम विश्व कप हुन सक्छ । उनी ३५ वर्षमा प्रवेश गर्ने क्रममा छन् । त्यसैले यसपटक उनले आफ्नो तर्फबाट विश्व कप जित्नका लागि हर सम्भव प्रयास गर्नेछन् ।

अर्जेन्टिनी सञ्चारमाध्यमले भने जस्तो उनी अर्जेन्टिनी राष्ट्रिय टोलीका बारेमा सोचिरहेका हुँदैनन् । पिएसजीमा उच्च फर्ममा रहन सके मात्र अर्जेन्टिनाका लागि विश्व कपमा उच्च प्रदर्शन गर्न सक्नेछन् ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.