default_image

2 years ago

March 20, 2022

लेवान्डोस्की चम्कदा बायर्नको सानदार जित

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा जर्मन बुन्डेस लिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले सानदार जित दर्ता गरेको छ । बायर्नले घरेलु मैदानमा युनियन बर्लिनमाथि ४–० को फराकिलो जित आत्मसात गरेको हो । थप दुई गोल किङ्सले कोमान र टांगे निएनजोउको नाममा रह्यो । एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलको १६औं मिनेटमा […]

93 views

0 Bookmark

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा जर्मन बुन्डेस लिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले सानदार जित दर्ता गरेको छ ।

बायर्नले घरेलु मैदानमा युनियन बर्लिनमाथि ४–० को फराकिलो जित आत्मसात गरेको हो । थप दुई गोल किङ्सले कोमान र टांगे निएनजोउको नाममा रह्यो ।

एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलको १६औं मिनेटमा किङ्सले कोमानको गोलबाट बायर्नले सुरुवाती अग्रता लिन सफल भयो । उनले लुकास हर्नान्डेजको पासलाई सदुपयोग गरेका थिए । २५औं मिनेटमा टांगे निएनजोउले योसुवा किम्मिखको पासमा हेडमार्फत गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । त्यसपछिको दुवै गोल लेवान्डोस्कीको नाममा रह्यो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बायर्नलाई पहिलो हाफमा ३–० को आरामदायी अग्रता दिलाए । पेनाल्टी बक्समा आफैलाई गोलरक्षक लुथेले फउल गरेपछि रेफ्रीले बायर्नलाई पेनाल्टी प्रदान गर्दा लेवान्डोस्की चुकेनन् ।

दोस्रो हाफको शुरुमै लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बायर्नलाई फराकिलो जिततर्फ अग्रसर गराए । त्यसपछि थप गोल निस्कन नसक्दा बायर्न विजयी हुन सफल भयो ।

जितसँगै शीर्षस्थानमा रहेको बायर्नको २७ खेलबाट ६३ अंक पुगेको छ । बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डलाई ७ अंकले पछि पारेको छ । डर्टमुन्डले एक खेल कम खेलेको छ । पराजित युनियन बर्लिन ३८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.