default_image

2 years ago

March 21, 2022

रियल म्याड्रिडको मैदानमा बार्सिलोनाको सानदार जित

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको एल क्लासिकोमा क्याटलान क्लब बार्सिलोनाले रियल म्याड्रिडलाई सहजै पराजित गरेको छ । रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा बार्सिलोनाले ४-० को फराकिलो जित दर्ता गरेको हो । बार्सिलोनाको जितमा पिएर एमेरिक औबामेयाङले २ गोल गर्दा रोनाल्ड अराउजो र फेरान टोरेसले १-१ गोल गरे । पहिलो हाफमा २-० को […]

174 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको एल क्लासिकोमा क्याटलान क्लब बार्सिलोनाले रियल म्याड्रिडलाई सहजै पराजित गरेको छ । रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा बार्सिलोनाले ४-० को फराकिलो जित दर्ता गरेको हो ।

बार्सिलोनाको जितमा पिएर एमेरिक औबामेयाङले २ गोल गर्दा रोनाल्ड अराउजो र फेरान टोरेसले १-१ गोल गरे । पहिलो हाफमा २-० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा २ गोल थपेको थियो ।

खेलको सुरुवातमा दुवै टोलीले आक्रमणमा अवसर बुनेपनि बार्सिलोनाले अग्रता लिएपछि भने रियलले निकै फितलो प्रदर्शन गरेको थियो । रियलको फराकिलो हारमा पनि गोलरक्षक थिबाउट कोर्टुवाको व्यक्तिगत प्रदर्शन भने राम्रो रह्यो । उनले बार्सिलोनाको सुन्दर प्रहार विफल पारेका थिए ।

बार्सिलोनाले खेलको २९ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । ओस्मान डेम्बेलेको क्रसमा औबामेयाङले हेडरमार्फत गोल गर्दै क्याटलान टोलीलाई अघि बढाएका थिए ।

पहिलो गोलको ८ मिनेटपछि नै बार्सिलोनाले अग्रता दोब्बर पार्यो । डेम्बेलेको क्रसमा नै अराउजोले हेडरमार्फत गोल गर्दै २-० को अग्रता दिलाएका थिए । रियलले मुख्य फरवार्डबिना खेलेको खेलमा निकै संघर्ष गर्नुपरेको थियो ।

दोस्रो हाफको लागि रियलले दुई खेलाडी परिवर्तन गरेपनि गोलको सिलसिला रोक्न सकेन । दोस्रो हाफको दोस्रो मिनेटमा नै टोरेसले ३ गोलले अघि बढाए । फ्रेन्की डे जोङको पासमा औबामेयाङले दिएको थ्रु बललाई टोरेसले उत्कृष्ट फिनिस गरेका थिए ।

त्यसको ४ मिनेट नबित्दै बार्सिलोनाले विवादका बीच ४-० को अग्रता लियो । सहायक रेफ्रीले झन्डा उठाएपछि रियलका डिफेन्डर मुकदर्शक बन्दा औबामेयाङले टोरेसको पासमा सहजै गोल गरे । रेफ्रीले सुरुवातमा सहायक रेफ्रीकै निर्णयमा अफसाइड दिएपनि भीएआरले गोलको मान्यता दिएको थियो ।

यस जितसँगै बार्सिलोनाले रियल सँगको अंक दुरीलाई १२ अंकमा झारेको छ । बार्सिलोना २८ खेलमा ५४ अंकसहित तेस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको २९ खेलमा ६६ अंक छ । दोस्रो स्थानको सेभिल्लाको २९ खेलमा ५७ अंक छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.