default_image

2 years ago

March 24, 2022

अष्ट्रेलियालाई हराउँदै जापान विश्वकपमा छनोट

126 views

0 Bookmark

एजेन्सी – खेलको अन्त्यतिर परिवर्तिन खेलाडी काओरु मिटोमाले दुई गोल गरेपछि अष्ट्रेलियामाथि सहज जित निकाल्दै जापान यसैवर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुन सफल भएको छ ।

जापानले अष्ट्रेलियालाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । एएनजेड स्टेडियम सिड्नीमा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही अवसर सिर्जना गरेपनि खेलको अन्त्यतिर परिवर्तित खेलाडी काओरु मिटोमाले दुई गोल गर्दै जापानलाई सहज जित दिलाए ।

८४औ मिनेटमा एओ तानाकाको स्थानमा मैदान छिरेका काओरु मिटोमाले मैदान छिरेको पाँचौ मिनेटमा अर्थाथ ८९औं मिनेटमा गोल गर्दै जापानलाई १–० को अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै जित पक्का गरे ।

यो जितसँगै समूह ‘बी’ मा जापानले ९ खेलबाट २१ अंक जोडेको छ । पराजित भएको अष्ट्रेलियाले आफ्नो अन्तिम खेलमा जित निकालेपनि विश्वकपमा सोझै छनोट हुने छैन । अब विश्वकपमा स्थान बनाउन दुई प्ले अफ खेल खेल्नुपर्ने हुन्छ । अष्ट्रेलियाको ९ खेलबाट १५ अंक रहेको छ ।

यो समूहबाट साउदी अरेविया पनि विश्वकपमा छनोट भइसकेको छ । साउदी अरेवियाको ८ खेलबाट १९ अंक छ ।

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

May 12, 2024

सानेपाको खालीबारीविरुद्ध जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सो डिभिजन लिग अन्तर्गत सातौं चरणको अन्तिम खेलमा सानेपा क्लबले खालीबारी युथ एफसी विरुद्ध जित दर्ता गरेको छ । सानेपाले खालीबारी विरुद्ध १-० को जित दर्ता गरेको हो । सानेपाको जितमा पेम्बा दोर्जे लामाले १३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सि डिभिजनमा मंगलबार देखि आठौ चरणका खेलहरू […]

Success

Thank you for your time.