default_image

2 years ago

March 27, 2022

स्पेनको जित, बेल्जियम रोकियो

155 views

0 Bookmark

एजेन्सी – स्पेनले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा सफलता हात पार्दा बेल्जियम भने बराबरीमा रोकिएको छ । आरसिडिइ स्टेडियम कोर्नेल्ला स्पेनमा शनिबार राति भएको खेलमा स्पेनले घरेलु मैदानमा अल्वानियालाई २–१ ले पराजित गरेको हो ।

स्पेनको जितमा फेरान टोरेस र ड्यानियल ओल्मोले गोल गरे । अल्वानियाका मेरटो उजनीले एक गोल फर्काए । प्रतिस्पर्धात्मक खेलको ७५औं मिनेटमा फेरान टोरेसको गोलबाट स्पेनले सुरुवाती अग्रता बनायो । उनले यारेमी पिनोको पासमा गोल गर्न सफल भएका थिए ।

८५औं मिनेटमा मेरटो उजनीले बराबरी गोल फर्काए । त्यसपछि परिवर्तित खेलाडी डेयानियल ओल्मोले ९०औं मिनेटमा गोल गर्दै स्पेनको जित पक्का गरे । ओल्मो ६३औं मिनेटमा पाब्लो गाभीको स्थानमा मैदान छिरेका थिए ।

अर्काे खेलमा बेल्जियमले दुईपटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा आयरल्यान्डसँग २–२ गोलको बराबरी खेलेको छ । बेल्जियमका मिचे बात्सुयाई र हान्स भानाकेनले गोल गर्दा घरेलु टोली आयरल्यान्डका चिडोजे ओग्वेने र एलान ब्राउनले बराबरी गोल फर्काए ।

१२औं मिनेटमा मिचे बात्सुयाईको गोलबाट बेल्जियमले सुरुवाती अग्रता लिएको थियो । ३६औं मिनेटमा चिडोजे ओग्वेनेले बराबरी गोल फर्काए ।
५९औं मिनेटमा हान्स भाननकेनले गोल गर्दै बेल्जियमलाई पुनः २–१ को अग्रता दिलाए । तर, ८६औं मिनेटमा एलान ब्राउनले गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

May 6, 2024

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको रंगशाला निरीक्षणपछि रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको हो । एन्फा महासचिव किरण राईका अनुसार रंगशालाको मैदानको पिच, फ्लड लाइट र सुरक्षा सम्बन्धि विषयमा एएफसीले गम्भीर […]

May 6, 2024

फुटबलर सविता पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– एभरग्रिन कन्स्ट्रकसन एन्ड कन्स्लटेन्सी प्रालिले राष्ट्रिय फुटबल टोली तथा एपिएफकी फरवार्ड सविता रानामगरलाई नगदले पुरस्कृत गरेको छ । प्रालिका अध्यक्ष अभिषेक कोइराला र मेनेनजर स्रदिप प्रधानले सोमबार सवितालाई चेक हस्तान्तरण गरेका थिए । साउदी अरबमा फागुनमा भएको वाफ च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेकामा भन्दै प्रालिले उनलाई नगदले पुरस्कृत गरेको हो । जोर्डनसँगको फाइनलमा […]

May 6, 2024

नेपाल र इङ्ल्यान्ड ‘सि’ आज खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’ को सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे एल्डरशट स्थित नेशनल लिग टोली एल्डरशट टाउनको घरेलु मैदान इबिबि स्टेडियममा सुरु हुनेछ । इङ्ल्यान्डमा रहेका नेपाली समुदायमा फुटबलको प्रोफाइल उकास्न र दक्षिण एसियाली समुदायको सहभागिता बढाउन सहयोग पुर्याउने […]

Success

Thank you for your time.