default_image

2 years ago

March 30, 2022

आर्मीमाथि पुलिसको जित

चितवन (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी फुटबल क्लबमाथि जित निकालेको छ । पुलिसले आर्मीलाई २–१ ले पराजित गरेको हो । चितवनको भरतपुरमा बुधबार भएको खेलमा पुलिसको जितमा निरु थापा र निर्मला उपाध्ययले गोल गरिन् । आर्मीकी पुनम जर्घा मगरले एक गोल फर्काए । खेलको १३औं मिनेटमा […]

154 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी फुटबल क्लबमाथि जित निकालेको छ । पुलिसले आर्मीलाई २–१ ले पराजित गरेको हो ।

चितवनको भरतपुरमा बुधबार भएको खेलमा पुलिसको जितमा निरु थापा र निर्मला उपाध्ययले गोल गरिन् । आर्मीकी पुनम जर्घा मगरले एक गोल फर्काए । खेलको १३औं मिनेटमा निरु थापाको गोलबाट पुलिसले सुरुवाती अग्रता लिन सफल भएको थियो । त्यसको एक मिनेट पछि नै निर्मला उपाध्ययले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारिन् ।

६४औं मिनेटमा रश्मी कुमारी घिसिङ पेनाल्टीमा चुक्दा आर्मीले गोल अन्तर कम गर्नबाट चुक्यो । रश्मीको पेनाल्टीलाई पुलिसकी गोलरक्षक उषा नाथले बचाइन् । ७०औं मिनेटमा पुनम जर्घा मगरले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा आर्मी पराजित हुन पुग्यो ।

लिगमा आर्मीको यो दोस्रो हार हो । यसअघि आर्मीले पहिलो खेलमा एपिएफसँग २–१ कै हार भोगेको थियो । दोस्रो हार बेहोरेको आर्मी ३ खेलबाट ३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । आर्मीलाई हराएको पुलिस ३ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ शीर्षस्थानको धनगढी उपमहानगरपालिका र एपिएफसँग समान ६ अंक नै रहेपनि गोल अन्तरमा पुलिस पछि छ ।

बुधबार नै भएको लिगको अर्काे खेलमा चन्द्रपुर नगरपालिका रौतहट र विराटनगर महानगरपालिका मोरङले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । विराटनगरकी मीना खातुनले ४१औं मिनेटमा गोल गर्दा चन्द्रपुरकी रजनी थोकरले ५४औं मिनेटमा बराबरी गोल फर्काइन् ।
यो बराबरीसँगै विराटनगर ३ खेलबाट ४ अंक जोडेर चौथो स्थान रहेको छ । पहिलो अंक जोडेको चन्द्रपुर ३ खेलबाट १ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.