default_image

2 years ago

March 30, 2022

एनआरटी जीतपुर सिमरा गोल्डकपको फाइनलमा

90 views

0 Bookmark

सुनिल गाउँले, सिमरा

आयोजक नव जनजागृति युवा क्लबलाई हराउँदै न्युरोड टिम (एनआरटी) जगदम्बा १२औं जीतपुर सिमरा गोल्डकपको फाइलनमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक टोलीलाई ३–२ ले पन्छाउँदै एनआरटी उपाधि नजिक पुगेको हो ।

एनआरटीलाई उपाधि होडमा उभ्याउने क्रममा स्टेफन समिरले २ र मेसुके ओलोमाईले १ गोल गरे । आयोजकका लागि आयुष घलान र एलन थापाले गोल गरे । घरेलु मैदानमा स्तब्ध आयोजकले एनआरटीविरुद्ध आकर्षक सुरुवात गरेपनि सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो । पाचौं संस्करणको विजेता समेत रहेको आयोजकले खेलको सुरुवातमै बनाएको केही अवसर गुमाउँदा खेलमा एनआरटी हावी हुन पुग्यो ।

खेलको १२औं मिनेटमा आयोजकका मोहित गुरुङले टिमका लागि गोल गर्ने उत्कृष्ट अवसर गुमाए । सकल रेग्मीको क्रस बलमा डोनाले मिलाएको पासलाई मोहितले आकर्षक प्रहार गर्न सकेनन् । उनको प्रहार एनआरटीका गोलरक्षक प्रदीप भण्डारीले बचाए । अग्रपंक्ती सम्हालेका मोहितले खेलको २०औं मिनेटमा अर्को अवसर खेर फाले । आयुषले मिलाएको पासलाई मोहितले पोष्टको दिशा दिन सकेनन् । उनको प्रहार एआरटीका गोलरक्षक प्रदीपले नियन्त्रणमा लिए । आयोजकले खेलको सुरुवातमा पाएको केही अवसर गुमाउदा घरेलु दर्शक निराश बन्न पुगेका थिए ।

एनआरटीले पनि पहिलो हाफमा केही अवसर खेल फाल्यो । खेलको २६औं मिनेटमा रन्जन बिष्टले डिबक्स भित्र पाएको बल नियन्त्रणमा लिन सकेनन् । दर्शन गुरुङले मिलाएको आकर्षक अवसरलाई रन्जनले सदुपयोग गर्न चुकेका थिए । खेलको ३१औं मिनेटमा एनआरटीले आयोजकविरुद्ध अग्रता लियो । रन्जनले मिलाएको पासलाई स्टेफनले गोल गर्दै एनआरटीलाइ अघि बढाए । खेलमा पछि परेपछि दबाबमा देखिएको आयोजक दोस्रो हाफको सुरुवातदेखी लय समात्न प्रयत्नशिल देखिन्थ्यो ।

आयोजकका प्रशिक्षक सोनु क्षेत्रीले एनआरटीविरुद्ध रणनिति परिवर्तन आफ्नो खेलाडीलाई निर्देशन गरिरहेका थिए । बलियो एनआरटीविरुद्ध आयोजकले खेलको ६५औं मिनेटमा बराबरी गोल फर्कायो । मोहितको क्रस बललाई सदुपयोग गर्दै आयुषले हेडमार्फत खेल बराबरीमा पु¥याएका हुन् ।

आयुषले खेल बराबरीमा ल्याएपछि सिमरा रंगशालमामा उपस्थित झण्डै ४ हजार दर्शकले खुशीयाली मनाएका थिए । बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बन्न पुगेको थियो । आयुषको गोलले खेलमा फर्किएको आयोजक एनआरटीविरुद्ध आक्रामक बनेको थियो । खेलमा लगातार अवसर सिर्जना गरेपनि आयोजकको फिनिसिङ पक्ष भने कमजोर देखियो ।

आक्रामक आयोजकलाई रोक्न सफल एनआरटीले खेल सकिन पाँच मिनेट बाँकी रहदा दुई गोल गर्दै जित सहज बनाएको थियो । आयोजकको रक्षापंक्ती अल्मलिएको फाईदा उठाउदै खेलको ८५औं मिनेटमा मेसुकेले गोल गरे । लगत्तै खेलको ८७औं मिनेटमा स्टेफनले टोलीका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–१ को स्थितीमा पु¥याए ।

अन्तिम समयमा लगातार गोल खान पुगेपछि आयोजक टोली स्तब्ध देखियो । खेलको ईन्जुरी समयमा एलन थापाले गोल गरेपनि टिमको हार टार्न सकेनन् । पेनाल्टी बक्सबाहिरबाट एलनले प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । इन्जुरी समयमा आयोजक १० खेलाडीमा सिमित बनेको थियो ।। आयोजकबाट खेलेका स्टार खेलाडी डोना थापाले इन्जुरी समयमा रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । वादविवाद गरेको भन्दै रेफ्री नविन्द्र महर्जनले डोनालाई रातो कार्ड देखाएका हुन् ।

एनआरटीको जितमा महत्वपूर्ण दुई गोल गरेका स्टेफन खेलको म्यान अफ दि म्याच घोषित भए । उनले पाँच हजार नगद हात पारे । प्रतियोगितामा बिहीबार दोस्रो सेमिफाइनलमा विभागिय टोली एपिएफ क्लब र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

May 12, 2024

सानेपाको खालीबारीविरुद्ध जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सो डिभिजन लिग अन्तर्गत सातौं चरणको अन्तिम खेलमा सानेपा क्लबले खालीबारी युथ एफसी विरुद्ध जित दर्ता गरेको छ । सानेपाले खालीबारी विरुद्ध १-० को जित दर्ता गरेको हो । सानेपाको जितमा पेम्बा दोर्जे लामाले १३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सि डिभिजनमा मंगलबार देखि आठौ चरणका खेलहरू […]

May 12, 2024

अल हिलाललाई साउदी लिग उपाधि

एजेन्सी – अल हिलालले साउदी प्रो लिग सिजन २०२३/२४ को उपाधि जित्ने पक्का भएको छ । अल हाजेम विरुद्ध शनिबार भएको खेलमा ४-१ को जित संगै अल हिलालको लिग उपाधि पक्का भएको हो । अल हिलालको जितमा अलेकसान्दर मिट्रोभिचले दुई गोल गरे । यस्तै सर्गेज मिलिन्कोभिच-स्याभिचले एक गोल गरे भने एक गोल अहमद अल जुवाइदको […]

Success

Thank you for your time.