default_image

2 years ago

March 31, 2022

एपिएफ जीतपुर सिमरा गोल्डकपको फाइनलमा

सुनिल गाउँले, सिमरा विभागिय टोली एपिएफ फुटबल क्लब जगदम्बा १२औं जीतपुर सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा सर्लाहीको बागमती युवा क्लबाई ४–१ ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । एपिएफले उपाधिका लागि शनिबार अर्को ए डिभिजन टोली न्युरोड टिम (एनआरटी) को सामना गर्नेछ । आयोजकलाई ३–२ ले […]

134 views

0 Bookmark

सुनिल गाउँले, सिमरा

विभागिय टोली एपिएफ फुटबल क्लब जगदम्बा १२औं जीतपुर सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा सर्लाहीको बागमती युवा क्लबाई ४–१ ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो ।

एपिएफले उपाधिका लागि शनिबार अर्को ए डिभिजन टोली न्युरोड टिम (एनआरटी) को सामना गर्नेछ । आयोजकलाई ३–२ ले पराजित गर्दै एनआरटी फाइनल पुगेको थियो । एपिएफलाई फाइनल पुर्याउ अर्माण्ड बेडमले २ तथा सविन गुरुङ र प्रदीप लामाले समान १ गोल गरे । बागमतीका लागि अनिल राना मगरले गोल फर्काए ।

१२ औं मिनेटमा सविनको गोलबाट एपिएफले अग्रता लिएको थियो । पेनाल्टी बक्समा बागमतीको रक्षापंक्ती सम्हालिन नसक्दा सविनले प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । बिएफसी चितवनलाई २–१ र साविक विजेता संकटा क्लबलाई १–० ले पराजित गर्दै सेमिफाइलको यात्रा तय गरेको बागमतीलाई उपाधि दाबेकारका रुपमा हेरिएको थियो । तर एपिएफविरुद्ध भने बागमती कमजोर देखियो ।

अर्माण्डले खेलको १६औं मिनेटमा एपिएफका लागि दोस्रो गोल गरेका थिए । सुरुवात देखिनै तालमेलको खोजीमा रहेको बागमतीविरुद्ध एपिएफले दबाब कायम राख्दै स्कोर निकालेको थियो । बागमतीले खेलको ३६औं मिनेटमा गोल गर्न अवसर गुमाएको थियो । कोएरा फ्लोरेन्टले मिलाएको पासलाई सदुपयोग गर्न दीपेश चाम्लिङ राई चुके । पेनाल्टी बक्स भित्र पाएको अवसर सदुपयोग गर्न दीपेश असफल भए । उनको प्रहार क्रसबार माथीबाट बाहिरियो ।

त्यसलगत्तै बनाएको अर्को अवसरमा भने बागमतीले सफलता प्राप्त गर्यो । अनिलले उत्कृष्ट गोल गर्दै बागमतीलाई खेलमा फर्काउने प्रयास गरे । उनको प्रहारलाई नियन्त्रणमा लिन एपिएफका गोलरक्षक राजु नगरकोटी असफल भए । हिमालयन शेर्पाविरुद्ध ३–२ को जित निकाल्दै सेमिफाईनल प्रवेश गरको एपीएफले पहिलो हाफको ईन्जुरी समयमा पाएको पेनाल्टी अवसर सदुपयोग गर्न सकेन । बागमतीबाट खेलेका थ्रिस्टारका गोलरक्षक प्रिसोले बिके तामाङलाई लडाएपछि रेफ्री प्रकाशननाथ श्रेष्ठले एपिएफलाई पेनाल्टी अवसर दिएका थिए । पेनाल्टीमा एपिएफका आभाष लामिछाने गोल गर्न चुके । उनको प्रहार प्रिसोले उत्कृष्ट बचाउ गरे ।

पेनाल्टीमार्फत अग्रता बढाउने अवसर गुमाएको एपिएफले खेलको ७९औं मिनेटमा तेस्रो गोल गरेको थियो । अर्माण्डले हेडमार्फत गोल गरेका थिए । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि फिनिसिङमा चुकेको बागमतीले खेलको ८३औं मिनेटमा चौथोको सामना गर्यो । प्रदीपले पेनाल्टी बक्स भित्र प्राप्त बललाई गोलमा परिणत गरेका थिए । प्रदीप खेलको म्यान अफ दि म्याच घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.