default_image

2 years ago

April 3, 2022

मनाङ इटहरी गोल्डकपको सेमिफाइनलमा

इटहरी (हाम्रो खेलकुद)– मनाङ मस्र्याङ्दी क्लब १२ औ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । भारत सिलगुढीको कन्चजंगा फुटबल क्लबलाई २–० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङलाई जित दिलाउन दुवै गोल ओलावाले आफिजले गरेका थिए । आफिजले १६ औं र ६८ औं मिनेटमा गोल गरेका थिए […]

94 views

0 Bookmark

इटहरी (हाम्रो खेलकुद)– मनाङ मस्र्याङ्दी क्लब १२ औ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

भारत सिलगुढीको कन्चजंगा फुटबल क्लबलाई २–० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङलाई जित दिलाउन दुवै गोल ओलावाले आफिजले गरेका थिए । आफिजले १६ औं र ६८ औं मिनेटमा गोल गरेका थिए । खेलका म्यान अफ दी म्याच घोषित भएका आफिजले १० हजार रुपैयाँ प्राप्त गरे । उनलाई इटहरी उप महानगरपालिकाका प्रमुख प्रशासनिय अधिकृत राम चरित्र मेहताले पुरस्कृत गरे ।

प्रतियोगितामा सोमबार तेस्रो क्वार्टरफाइनलमा झापाको रोलिङ फुटबल क्लब र एभिनियर फुटबल क्लब क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ । मनाङले गत महिला मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप र गत साता दमक गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।

April 28, 2024

शीर्ष टोली कोशी रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला लिग छनोट लिगको शीर्ष टोली कोशी प्रदेश बराबरीमा रोकिएको छ । अघिल्ला ४ खेलमा शत प्रतिशत जित निकालेको कोशीलाई आइतबारको दोस्रो खेलमा मधेश प्रदेशले गोलरहित बराबरीमा रोकेको हो । ५ खेलपछि ४ जित र १ बराबरका १३ अंकसहित शीर्षस्थानमा यथावत छ । समान खेलमा ७ अंकसहित मधेश चौथो स्थानमा छ […]

April 28, 2024

टोटेनहममाथि आर्सनलको जित

एजेन्सी – शीर्षस्थानको आर्सनलले इंग्लिस प्रिमियर लिगमा विजय यात्रालाई जारी राखेको छ । आर्सनलले आइतबार भएको खेलमा शीर्ष पाँचको टोटनहमलाई ३–२ ले हराएको छ । खेलमा ३–० ले पछि परेरपनि टोटेनहम २ गोल फर्काउन सफल भएको थियो । यद्दपी टोली राबरी गर्न भने असफल रह्यो । आर्सनलको जितमा बुकायो साका, काइ हार्भेट्जले गोल गरे । […]

April 28, 2024

महिला लिग छनोटमा कर्णालीको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– कर्णाली प्रदेशले महिला लिग छनोटमा तेस्रो जित हासिल गरेको छ । घरेलु मैदानमा कर्णालीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको हो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन सुनकला राईले २, वर्षा ओली र सन्जिता बम्जोङले समान १ गोल गरे । लुम्बिनकी कप्तान ममता पुनले गोल फर्काइन् । १८ […]

Success

Thank you for your time.