3 years ago
April 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले आज (मंगलबार) एएफसी कप छनोटको प्रारम्भिक चरणमा श्रीलंकाको ब्लु स्टार एससीसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेपछि हुनेछ । लिग च्याम्पियनको हैसियतमा मछिन्द्रले पहिलोपटक एएफसी कप छनोट खेल्न लागेको हो ।
अघिल्लो पटक लिग च्याम्पियन बनेपनि क्लब लाइसेन्स प्राप्त नगरेका कारण मछिन्द्रले छनोटको मौका गुमाउँदा लिगको दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबले छनोट चरण खेलेको थियो । अहिले नेपालबाट मछिन्द्रसहित मनाङ, त्रिभुवन आर्मी र एपीएफले क्लब लाइसेन्स प्राप्त गरिसकेको छ ।
मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटवालले श्रीलंकाको ब्लु स्टार क्लबविरुद्धको खेलका लागि टोली तयार रहेको प्रि म्याच पत्रकार सम्मेलनमा बताइसकेका छन् । उनले लिग च्याम्पियन र एएफसी कप खेल्ने योजना अनुसार गत कात्र्तिक देख िनै टोलीको प्रशिक्षण भइरहेको समेत बताएका छन् ।
मछिन्द्रले लिगमै रहेका २४ खेलाडी नै टोलीमा रहेको बताएको छ । ब्लु स्टारका प्रशिक्षकले नेपाली टोली बलियो रहेको बताउँदै आफ्नो तर्फबाट सक्दो राम्रो खेल्दै अघिल्लो चरणमा प्रवेश गर्ने योजना रहेको बताए । यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । जुन खेल अप्रिल १२ मा हुनेछ ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]
December 12, 2024
एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा पनि रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]