default_image

2 years ago

April 5, 2022

वालिङको पोस्टमा आर्मीको १० गोल

चितवन (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ फुटबल क्लबले राष्ट्रिय महिला लिगमा सहज जित हात पारेको छ । चितवनको भरतपुरमा सोमबार भएको खेलमा आर्मीले वालिङ नगरपालिका स्याङ्जामाथि १०–० को फराकिलो जित दर्ता गरेको हो । आर्मीको फराकिलो जितमा सपना लामाले ह्याट्रिक पुरा गर्दा शर्मिला थापाले दुई तथा दीपा शाही, रश्मी […]

70 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ फुटबल क्लबले राष्ट्रिय महिला लिगमा सहज जित हात पारेको छ ।

चितवनको भरतपुरमा सोमबार भएको खेलमा आर्मीले वालिङ नगरपालिका स्याङ्जामाथि १०–० को फराकिलो जित दर्ता गरेको हो । आर्मीको फराकिलो जितमा सपना लामाले ह्याट्रिक पुरा गर्दा शर्मिला थापाले दुई तथा दीपा शाही, रश्मी कुमारी घिसिङ, अमिशा कार्की, हेमा चौधरी र कुसुम खतिवडाले समान एक गोल गरिन् ।

जितसँगै आर्मी ५ खेलबाट ९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । समान ९ अंक नै रहेपनि पुलिस हेड टु हेडमा दोस्रो तथा धनगढी चौथो स्थानमा रहेको छ । वालिङ अंकविहीन हुँदै पुछारमा छ ।

लिगकै अर्काे खेलमा एपिएफले ललितपुर महानगरपालिकामाथि ४–० को सहज जित हात पारेको छ । एपिएफको जितमा सावित्रा भण्डारी ‘साम्वा’, हीरा कुमारी भुजेल, सररु लिम्बु र रेनुका नगरकोटेले गोल गरिन् । ललितपुरले बलियो एपिएफलाई पहिलो हाफमा बराबरीमा रोकेपनि दोस्रो हाफमा रोक्न नसक्दा हार बेहोर्न पुग्यो ।

यो जितसँगै अपराजित रहेको एपिएफको ५ खेलबाट १५ अंक पुगेको छ । पराजित ललितपुर ५ खेलबाट ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.