default_image

2 years ago

April 6, 2022

लिभरपुलको सहज जित

70 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा सहज जित हात पारेको छ । लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकामाथि ३–१ को अवे जित निकालेको हो ।

लिसवोआ पोर्चुगलमा मंगलबार राति भएको खेलमा लिभरपुलको जितमा इब्राहिमा कोनाट, साडियो माने र लुइस डियाजले गोल गरे । घरेलु टोली बेन्फिकाका डार्विन नुनेजले एक गोल फर्काए ।

खेलको १७औं मिनेटमा इब्राहिमा कोनाटको गोलबाट लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । उनले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गर्न सफल भएका थिए । ३४औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । मानेले लुइस डियाजको पासलाई सदुपयोग गरेका थिए ।

४९औं मिनेटमा डार्विन नुनेजले राफा सिल्भाको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिए । तर, ८७औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुलको जित पक्का गरे । उनले नावी केइटाको पासमा गोल गर्न सफल भएका थिए ।

यो जितसँगै लिभरपुलले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब १३ अप्रिलमा घरेलु मैदानमा हुने दोस्रो लेगमा लिभरपुलले यही नतिजा कायम राख्न सके सेमिफाइनलमा प्रवेश गर्नेछ ।

२–० को हारले पनि लिभरपुलले सेमिफाइनलमा पुग्नेछ । बेन्फिकालाई सेमिफाइनलमा प्रवेश गर्न कम्तीमा पनि ३–० को जितको खाँचो छ ।

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिश प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आजको खेल जित्नै पर्ने दवाव रहेको छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

Success

Thank you for your time.