default_image

2 years ago

April 6, 2022

म्यानचेस्टर सिटीले एट्लेटिको म्याड्रिडलाई हरायो

126 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा जित निकालेको छ । सिटीले घरेलु मैदानमा स्पेनिस प्रतिद्धन्द्धी एट्लेटिको म्याड्रिडलाई १–० ले पराजित गरेको हो ।

पहिलो लेगमा सिटीको जितमा बेल्जियन मिडफिल्डर केभिन डि ब्रुयनले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ७०औं मिनेटमा फिल फोडेनको पासमा गोल गर्न सफल भएका थिए ।

इतिहाद स्टेडियममा मंगलबार राति भएको खेलमा घरेलु टोलीले पाहुना टोलीमाथि बल पोसेसन राख्दै दवाव बढाएपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । एट्लेटिको म्याड्रिडको रक्षापङ्ति र गोलरक्षकले सिटीको आक्रमणलाई लगातार निस्तेज पारेपनि ७०औं मिनेटमा रोक्न सकेन ।

यो जितसँगै सिटीले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राखेको छ । अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके सिटी सेमिफाइनलमा प्रवेश गर्नेछ । पहिलो लेगमा हार भोगेपनि एट्लेटिको म्याड्रिडको पनि सेमिफाइनल पुग्ने सम्भावना रहेको छ ।

एट्लेटिको म्याड्रिडलाई सेमिफाइनल पुग्न दोस्रो लेगमा कम्तीमा पनि २–० को जितको खाँचो छ । दोस्रो लेग एट्लेटिकोको मैदानमा १३ अप्रिलमा हुनेछ ।

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

Success

Thank you for your time.