3 years ago
April 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो छनोटमा नपरेका मछिन्द्र फुटबल क्लबका मिडफिल्डर विशाल राई राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा समेटिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । छन् । चैत १७ गते भएको छनोटमा विशाललाई २४ सदस्यीय टोलीमा समेटिएका थिएनन् ।
फरवार्ड नवयुग श्रेष्ठ र रक्षक विकास खवासले भने टोलीको प्रशिक्षणमा पुनरामगन गरेका थिए । विशाल सम्मिलित मछिन्द्रले चैत २२ गते एएफसी कप छनोट खेलेको थियो । जसमा मछिन्द्र श्रीलंकाको ब्लु स्टार क्लबसँग २–१ ले पराजित हुँदै एएफसी कपको छनोटबाट बाहिरिएको थियो ।
राष्ट्रिय टोलीका कुवेती मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी एसियन कप २०२३ को छनोटको प्रशिक्षणमा अब २५ खेलाडी हुनेछन् । बन्द प्रशिक्षण वैशाख २ गतेबाट हुने एन्फाले यसअघि नै जनाइसकेको छ । एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्दैछ । सबै खेल कुवेतमा हुनेछ । नेपालले जेठ २५ गते, जेठ २८ गते कुवेत र जेठ ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।
२५ सदस्यीय नेपाली फुटबल टोली
किरण कुमार लिम्बु (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी,तेज तामाङ र विशाल राई
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]