default_image

2 years ago

April 7, 2022

मनाङलाई स्तब्ध पार्दै सगरमाथा सेमिफाइनलमा

107 views

0 Bookmark

इटहरी (हाम्रो खेलकुद)– ए डिभिजन टोली मनाङ मस्र्याङ्दी क्लबलाई स्तब्ध पार्दै मोरङको सगरमाथा युथ क्लब १२ औ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सगरमाथाले शनिबार त्रिभुवन आर्मी फुटबल क्लबसँग फाइनल खेल्नेछ ।

इटहरी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा सगरमाथाले मनाङलाई ४–२ ले हराएको छ । पहिलो हाफमा लिएको २–० को अग्रतालाई जोगाउन नसक्दा मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप र दमक गोल्डकपको विजेता मनाङ इटहरी गोल्डकपको अन्तिम चारबाट बाहिरिएको हो ।

मनाङका लागि अन्जन विष्टले २१ औं र ओलावाले अफिजले ३० औं मिनेटमा गोल गरेका थिए । दोस्रो हाफमा सगरमाथाले ४ गोल गरेको थियो । सगरमाथाका लागि आशिष लामाले २ , भुवन बस्नेत र आभाष लामाछिनेले समान १ गोल गरेका थिए । आशिषले ६६ औं मिनेटमा पेनाल्टी र ६९ औं मिनेटमा अर्को गोल गरेका थिए । भुवनले ७२ औं र आषाले ८५ औं मिनेटमा गोल गरेपछि सगरमाथाले बाजी मारेको थियो ।

सगरमाथाका भुवन बस्नेत खेलको म्यान अफ दी म्याच घोषित भएका थिए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । अखिल नेपाल फुटबल संघ का केन्द्रय सदस्य दिपक राईले भुवनलाई पुरस्कृत गरे ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.