3 years ago
April 7, 2022
काठमाडौं (हाम्रो खेलकुद)– विवादका कारण बी र सी डिभिजन लिगको प्रतिनिधि छनोट प्रक्रिया स्थगित भएको छ । एन्फा कार्यसमितिमै रहेका तीन जना आ आफ्नो क्लबको प्रतिनिधि भएर सी डिभिजनको प्रतिनिधि छनोट भेलामा समावेश भएपछि विवाद सुरु भएको थियो ।
एन्फा कार्यसमिति सदस्य दावा लामा प्लानिङ ब्वाइज क्लब, मानार्थ सदस्य रुपेश अधिकारी साग्रिला स्पोर्टस एकेडेमी तथा एन्फा कोषाध्यक्ष रविन्द्र जोशी पुल्चोक स्पोर्टस क्लबबाट प्रतिनिधि भएर सी डिभिजन प्रतिनिधि छनोट भएका थिए । तर, त्यसमा सी डिभिजनकै अन्य प्रतिनिधिले एन्फा कार्यसमिति पदाधिकारी वा सदस्य क्लबको प्रतिनिधि हुन नपाइने भन्दै निर्वाचन समितिमा उजुरी दिएपछि विवाद सुरु भएको थियो ।
निर्वाचन समितिले भेला स्थगितका लागि सुचना टास्ने क्रममा विवाद भएपछि एन्फा सदस्य लामाले कम्प्युटर र प्रिन्टर तोडफोड गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताएका छन् । ‘दावा जी आफैले तोडफोड गर्नुभएको हो । साँझ पौने ७ बजे तिर त्यहाँ म लगायत अन्य साथीहरु पनि थियौं,’ उनले भने, ‘सुरक्षा अवस्था अनकुल नभएपछि प्रहरीलाइ खबर गरिएको थियो । प्रहरीले घटनाको मुजुल्का उठाएको छ ।’
दावा लामाको दाबी भने त्यसमा फरक रहेको छ । लामाले भने, ‘महासचिव तुलाधरको हातबाट कागज खोस्ने क्रममा म लड्दा कम्युटरमाथि परेको हु । अरु त्यस्तो केहि भएको होइन ।’
जेठ १५ गतेका लागि तय एन्फा निर्वाचनमा मताधिकार प्रनिधिति छान्नका लागि सी र बी डिभिजन क्लबका प्रतिनिधिको भेला बिहीबारको लागि डाकिएको थियो । सीकै विषयमा विवाद भएपछि बीको प्रक्रिया अघि बढ्न नपाएको महासचिव तुलाधरले बताए । सी र बीमा समान १४ क्लब छन् । सीबाट ९ र बी डिभिजनबाट ११ जना प्रतिनिधिले एन्फा निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने छन् । क्लबबाट आउने प्रतिनिधिले एन्फा निर्वाचनका लागि प्रतिनिधि चय गर्नेछन् ।
महासचिव तुलाधरका अनुसार एन्फाको विधान र हालै विशेष साधारण सभाबाट पास गरिएको निर्वाचन निर्देशिकामा कार्यकारी समिति, महासचिव, प्रमुख कार्यकारी अधिकृत, कोषाध्यक्ष, सहायक महासचिव, सहायक सिईयो, सह कोषाध्यक्ष, मानार्थ अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरुले क्लब वा जिल्ला संघको प्रतिनिधि हुन नपाउने व्यवस्था छ । एन्फा सदस्य लामाले भने तुलाधरले नै प्रतिनिधि बनेर आउने पाउने बताएको दाबी गरेका छन् । लामाले निर्वाचिन निर्देशिका वा नियमावलीमा कार्यसमितिले प्रतिनिधि हुन नपाउने व्यवस्था नरहेको दाबी पनि गरेका छन् ।
निर्वाचन समितिले विवाद समाधान गर्न नसके अपिल कमिटीमा पठाइने र त्यसको निर्णय नै अन्तिम हुने महासचिव तुलाधरले बताए । ‘खासमा विवाद बढेपछि निर्वाचन प्रक्रिया रोकेर अपिल कमिटीमा पठाउने तयारीकै बीचमा सुचना टास्न खोज्दा तोडफोड भएको हो,’ उनले भने, ‘त्यसपछि प्रक्रिया अघि बढ्ने कुरै भएन । तत्कालका लागि बी र सीको प्रक्रिया स्थगित भएको हो । जिल्ला र ४ संघको हकमा तालिका अनुसार प्रक्रिया अघि बढ्छ ।’
एन्फा निर्वाचन संयोजक श्रीराम दवाडीले बिहीबार प्रतिनिधिका विषयमा लिखित उजुरी पेश भएपछि त्यस विषयमा स्पष्ट रुपमा एन्प्mा सचिवालयबाट लिखित निर्णय तथा विगतको निर्वाचनका सम्पूर्ण कागजात र प्रक्रिया उपलब्ध गराउन अनुरोध गर्ने भन्दै छनोट कार्यक्रम स्थागित भएको सुचना जारी गरेका छन् ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]
December 12, 2024
एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा पनि रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]