3 years ago
April 11, 2022
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एभर्टनसँग हार बेहोरेपछि पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो आक्रोशको लागि माफी मागेका छन् ।
एभर्टनसँग १–० ले पराजित भएपछि आक्रोशित रोनाल्डोले एभर्टनका समर्थकको मोवाईल फोन भुईमा फालेको देखिएको थियो । उक्त घट्नाका लागि रोनाल्डोले माफी मागेपनि उनीमाथि मर्सिसाइड प्रहरीले अनुसन्धान थाल्ने भएका छन् ।
सामाजिक सन्जालमा भाइरल भएको फुटेजमा रोनाल्डोले गुडिसन पार्कको तलबाट हिड्दा एक प्रशंसकको फोन फ्याक्नुअघि आफ्नो दाहिने हात जमिनतर्फ झरेको देखाइएको छ । रोनाल्डोको इन्स्टाग्राममा भनेका छन्, ‘हामीले सामना गरिरहेका कठिन क्षणहरुमा भावनाहरुसँग सामना गर्न कहिल्यै सजिलो हुँदैन ।’
‘यद्दपि हामीले सँधै आदर, धैर्य र सुन्दर खेल मन पराउने सबैका लागि नमुना बन्न सक्नुपर्छ । म मेरो आक्रोशको लागि माफी माग्न चहान्छु, र यदि सम्भव छ भने म यस समर्थकलाई ओल्ड ट्राफोर्डमा खेल हेर्न आमन्त्रित गर्न चहान्छु ।’
मर्सिसाइड प्रहरीले यो घट्नामा रोनाल्डोको अनुसन्धान गर्नेछ । म्यानचेस्टर युनाइटेडले फुटेजको बारेमा आफुलाई जानकरी रहेपनि घट्नाको बारेमा कुनै बयान दिएको छैन । यसैबीच स्थानिय प्रहरी, प्रत्यक्षदर्शीसँगको कुराकानी गरी घट्नाको अनुसन्धान गर्दै जानेछ ।
‘मर्सिसाइड प्रहरीले पुष्टि गर्न सक्छ कि उनीहरुले गुडिसन पार्कमा एभर्टनविरुद्ध म्यानचेस्टर युनाइटेडको खेलमा म्यानचेस्टरका खेलाडी संलग्न भएको घट्नापछि उनीहरु पिचबाट हिडिरहेका थिए र त्यसमा संलग्न सबै पक्षहरुसँग कुरा गर्नेछन् ।’ उक्त खेलका प्रहरी अधिकारीले भने ।
युनाइटेडलाई थप निराशा
च्याम्पियन्स लिगमा एट्लेटिको म्याड्रिडसँगको हारसहित सबै प्रतियोगितामा सात खेलमध्ये एक खेलमा जित निकालेको युनाइटेडका लागि एभर्टनविरुद्धको यो खेल अर्काे कठिन दिन थियो । म्यानचेस्टर युनाइटेड अर्काे सिजनको लागि च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्नबाट बाहिर छ । युनाइटेड शीर्ष चारमा रहेको टोटेनहम हटस्परभन्दा ६ अंकले पछि रहँदै सातौं स्थानमा रहेको छ ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]