default_image

2 years ago

April 12, 2022

लुकाकुले रियलविरुद्धको खेल गुमाउने

92 views

0 Bookmark

एजेन्सी – इङ्ग्लिस क्लब चेल्सीका बबेल्जियन फरवार्ड रोमेलु लुकाकुले च्याम्पियन्स लिगअन्तर्गत स्पेनिस क्लब रियल म्याड्रिडविरुद्धको खेल गुमाउने भएका छन् ।

चोटका कारण लुकाकुले आज (मंगलबार) राति हुने रियलसँगको खेल गुमाउने भएका हुन् । लुकाकु टोलीमा नहुने भएपछि चेल्सीलाई समस्या थपिएको छ । अब चेल्सीले लुकाकुको विकल्पमा अग्रपङ्तिमा काई हाभर्टज, क्रिस्टियन पुलिसिस, मासन माउन्टलाई पहिलो रोजाईमै खेलाउने सम्भावना रहेको छ ।

च्याम्पियन्स लिगको क्वार्टरफाइनलको दोस्रो लेगअन्तर्गत चेल्सीले रियलसँग उसकै मैदान सान्टियागो बर्नबेउमा खेल्दैछ । खेल नेपाली समयअनुसार राति १२ः४५ बजे शुरु हुनेछ । गत साता स्टामफोर्ड ब्रिजमा भएको पहिलो लेगको खेलमा चेल्सी घरेलु मैदानमा रियलसँग ३–१ ले पराजित भएको थियो । सोही खेलमा बेल्जियन स्टार लुकाकु घाइते भएका थिए ।

साविक विजेता चेल्सीलाई सेमिफाइनलमा प्रवेश गर्न कम्तीमा पनि ३–० को जितको खाँचो छ । रियललाई भने बराबरीको नतिजा पर्याप्त हुनेछ ।

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

Success

Thank you for your time.