default_image

2 years ago

April 12, 2022

रियल बेन्जेमामै बढी निर्भर

97 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिड स्ट्राइकर करिम बेन्जेमामा बढी निर्भर रहेको प्रशिक्षक कार्लो एन्सेलोटीले स्वीकारेका छन् । बेन्जेमाले च्याम्पियन्स लिगका पछिल्ला दुई खेलमा ह्याट्रिक गरेका थिए ।

इटालियन प्रशिक्षकले बेन्जेमामा बढी निर्भर रहनु टोलीका लागि भने फाइदाजनक भएको बताएका छन् । रियल च्याम्पिन्यस लिगको सेमिफाइनल पुग्ने सम्भावना बलियो देखिएको छ । क्वार्टरफाइनलको पहिलो लेग त्यो पनि अवेमा रियलले चेल्सीलाई ३–१ ले हराएको थियो । दोस्रो लेगमा दुई टोलीबीच आज राती प्रतिस्पर्धा हुँदैछ ।

‘हामी बेन्जेमामा बढी निर्भर छौं । त्यसैले हामी यसलाई अस्वीकार गर्दैनौं । मलाई खुसी पनि छ कि हामी उनी माथि निर्भर छौं । यो वास्तविकता हो,’ प्रि म्याच कन्फ्रेन्समा उनले भने काछन्,‘बेन्जेमा आधुनिक समयका फरवार्ड र फरवार्डमा हुने क्षमता उनीसँग छ । रक्षात्मक भूमिका पनि उनी रहनेगरेका छन् । सेन्टर फरवार्डमा हुनु पर्ने क्षमता उनीसँग भरपूर छ । अहिलेकोको फुटबलले त्यहि माग गर्छ ।’

गत सिजन एन्सेलोटी प्रिमियर लिग टोली एभर्टनबाट रियल पुगेका थिए । सायद अन्य क्लबमा भने उनी जाने थिएनन् । ‘रियल त्यस्तो मात्र एउटा टोली हो जसलाई म नाई भन्न सक्दिनथे । यदि अरु क्लबबाट प्रस्ताव आउथ्यो भने म एभर्टनमै रहने थिए, उनले भने,‘ त्यहाँ राम्रै भइरहेको थियो । यदि सिजनको अन्त्यमा रियल खुसी भयो भने म पनि खुसी हुनेछु ।’

चेल्सीसँग खेल्दा टोली सचेत रहने पनि एन्सेलोटीले बताएका छन् । ‘सबैलाई थाहा छ ३–१ बाट फर्कन सहज हुने छैन,’ उनले भने,‘ उनीहरु आफ्नो सक्दो राम्रो नतिजाका लागि प्रयास गर्नेछन् । हामी त्यसमा सचेत छौं । हामी पछिल्लो खेलमा जस्तै प्रदर्शन गर्ने प्रयास गर्नेछ । हामी सबै परिस्थितिका लागि तयार छौं ।’

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

Success

Thank you for your time.