default_image

2 years ago

April 13, 2022

फर्नान्डिन्होले म्यानचेस्टर सिटी छाड्ने

70 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका कप्तान तथा मिडफिल्डर फर्नान्डिन्होले क्लब छाड्ने निर्णय गरेका छन् । ब्राजिलियन मिडफिल्डर फर्नान्डिन्होले यो सिजनको अन्त्यसँगै सिटी छाड्ने घोषणा गरेका हुन् ।

३६ वर्षीय फर्नान्डिन्होले सिटीमा एक दशकको बसाई बिट मार्ने निधो गरेका हुन् । आगामी सिजन इतिहाद स्टेडियममा देख्न सकिन्छ भनेर पत्रकारको प्रश्नमा उनले भने, ‘मलाई त्यस्तो लाग्दैन । हो म अझै खेल्न चाहन्छु, म ब्राजिल फर्कनेछु । मैले मेरो परिवारसँग निर्णय गरे । जुन मेरो लागि महत्वपूर्ण कुरा हो । र क्लबका केहीलाई यो विषयमा थाहा छ ।’

पत्रकार सम्मेलनमा छेउमै रहेका प्रशिक्षक पेपे ग्वार्डिओलाको लागि फर्नान्डिन्होको यो घोषणा आश्चर्यचकित थियो । प्रशिक्षक ग्वार्डिओलाले यो खबर सुनेर स्तब्ध भए । उनले यो पहिलोपटक सुनेको र उनले खेलाडीको मनासयलाई सम्मान गर्यो । ‘मलाई थाहा थिएन । तपाईले खबर दिनुभयो । हामी सिजनको अन्त्यमा के हुन्छ हेर्नेछौं । हुनसक्छ यो पारिवारिक निर्णय हो, हुनसक्छ उसले थप मिनेट चाहन्छ । म उहाँसँग हुन चाहन्छु ।’ ग्वार्डिओलाले भने ।

फर्नान्डिन्होले गत जुनमा सिटीसँग एक वर्षको नयाँ सम्झौता गरेका थिए । उनको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । ८ वर्ष युक्रेनी क्लब शाख्तर डोनेस्कमा बिताएका फर्नान्डिन्हो सन् २०१३ मा सिटी आएका थिए । उनले सिटीका लागि चार प्रिमियर लिग, एक एफए कप र ईएफएल कप जितिसकेका छन् ।

फर्नान्डिन्होले यस सिजन क्लबका लागि २३ खेल खेलेका छन् । तर, प्रिमियर लिगमा मात्र ६ खेलमा सुरुआती ११ मा खेलेका छन् । ब्राजिलका लागि ५० भन्दा बढी क्याप जितिसकेका फर्नान्डिन्होले सिटीमा खेल्ने अवसर कम पाएर नै आफ्नो मातृभुमि ब्राजिल फर्कने निर्णय लिएको बुझिएको छ ।

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

Success

Thank you for your time.