default_image

2 years ago

April 15, 2022

निकोलोको ह्याट्रिकमा रोमाको सानदार जित

एजेन्सी – निकोलो जानिओलोको ह्याट्रिक सहयोगमा इटालियन क्लब रोमाले युरोपा कन्फ्रेन्स लिगमा सानदार जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । पहिलो लेगमा २–१ ले पछि रहेको रोमाले घरेलु मैदानमा भएको दोस्रो लेगमा ४–० को सानदार जित तथा समग्रमा ५–२ को जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । रोमामा बिहीबार राति भएको दोस्रो […]

82 views

0 Bookmark

एजेन्सी – निकोलो जानिओलोको ह्याट्रिक सहयोगमा इटालियन क्लब रोमाले युरोपा कन्फ्रेन्स लिगमा सानदार जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।

पहिलो लेगमा २–१ ले पछि रहेको रोमाले घरेलु मैदानमा भएको दोस्रो लेगमा ४–० को सानदार जित तथा समग्रमा ५–२ को जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भएको हो ।

रोमामा बिहीबार राति भएको दोस्रो लेगमा रोमाको जितमा निकोलो जानिओलोले ह्याट्रिक पुरा गर्दा ट्याम्मी अब्राहमले एक गोल थपे । खेलको पाँचौ मिनेटमा ट्याम्मी अब्राहमको गोलबाट रोमाले सुरुवाती अग्रता लियो । २३औं मिनेटमा निकोलोले गोल गर्दै रोमाको अग्रता दोब्बर पारे ।

२९औं मिनेटमा निकोलोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि रोमा खेलमा ३–० ले अघि बढ्यो । ४९औं मिनेटमा निकोलोले ह्याट्रिक पुरा गर्दै रोमालाई सानदार जित दिलाए ।

युरोपा कन्फ्रेन्स लिगकै अर्काे खेलमा एक गोलले पछि परेको स्थिति उल्ट्याएर इंग्लिस क्लब लेस्टर सिटीले डच क्लब पिएसभी इन्डोभेनमाथि २–१ को पूनरागमन जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भएको छ । पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । लेस्टरका जेम्स म्याडिसन र रिकार्डाे पेरेइराले गोल गर्दा पिएसभी इन्डोभेनका इरान जाहवीको गोल सान्त्वना बन्यो ।

यस्तै फ्रान्सेली क्लब मार्से र डच क्लब फियनुर्डले पनि अन्तिम चारमा स्थान पक्का गरेका छन् । मार्सेले ग्रीसको पाओकलाई १–० ले तथा समग्रमा ३–१ ले तथा फियनुर्डले दोस्रो लेगमा ३–१ ले तथा समग्रमा ६–४ को जित निकाल्यो ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.