default_image

3 years ago

April 15, 2022

‘नेपाल एसियन कपमा छनोट हुन सक्दैन’ – अलमुताइरी

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु गरेकै दिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल एएफसी एसियन कपका लागि छनोट हुन नसक्ने बताएका छन् ।

एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि शुक्रबार प्रशिक्षण सुरु गरेको छ । पहिलो दिनको प्रशिक्षणपछि दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा अलमुताइरीले भने,‘ हामी निकै बलियो समूहमा छौं । हामी एसिया कपका लागि छनोट हुन सक्दैनौं । त्यसमा खेलाडीलाई दोष दिनु ठीक हुने छैन ।’

राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा नियुक्त भएर आएपछि नेपाललाई साफ च्याम्पियनसिपको फाइनल पुर्याउँछु भन्ने वाचामा आफू सफल भएको उल्लेख गर्दै उनले थपे, एसिया कपमा भने हामी छनोट हुन सक्दैनौं । धेरै अपेक्षा राख्नु उपयुक्त हुँदैन ।’ त्यसका वावजुद टोलीले कडा चुनौतीका लागि प्रयास गर्ने बताएका छन् ।

टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले प्रशिक्षणमा डाकिएका २५ मध्ये कप्तान किरण चेम्जोङ र देवेन्द्र तामाङबाहेक सबै प्रशिक्षणमा सामेल भएको जानकारी दिए । किरण माल्दिभ्समा व्यवसायिक फुटबल खेलिरहेका छन् । प्रशिक्षणमा बोलाएका खेलाडीमध्ये ११ जना एन्फा होस्टलमै बस्ने र बाँकी खेलाडी घरबाट आउने जाने गर्ने व्यवस्थापक उपाध्यायले बताए ।

प्रशिक्षक अलमुताइरीले केहि दिनको प्रशिक्षणपछि टोलीको बन्द प्रशिक्षण कतारमा हुने बताए । कतारमा केहि दिनको प्रशिक्षणपछि टोली कुवेत जाने पनि उनले बताए । एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्दैछ । सबै खेल कुवेतमा हुनेछ । नेपालले जेठ २५ गत जोेर्डन, जेठ २८ गते कुवेत र जेठ ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।

५ सदस्यीय नेपाली फुटबल टोली

किरण कुमार लिम्बु (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी,तेज तामाङ र विशाल राई

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

December 12, 2024

म्यानचेस्टर सिटीको अर्को हार

एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा‌ पनि‌ रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]

Success

Thank you for your time.