default_image

2 years ago

April 19, 2022

रोनाल्डोको जुम्ल्याहामध्ये एक बच्चाको निधन

111 views

0 Bookmark

एजेन्सी – पोर्चुगल तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ ।

रोनाल्डोले सोमबार राति सामाजिक सञ्जालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् । ३७ वर्षीया रोनाल्डोले नवजात छोरी भने शकुशल रहेको बताएका छन् । जोडीले पहिले जुम्ल्याहा बच्चाहरूको आशा गरिरहेको बताएका थिए । रोनाल्डोको यसअघि नै चार सन्तान छन् ।

रोनाल्डोले आफ्नो नवजात छोराको मृत्यु भएको घोषणा गरेपछि क्रिस्टियानो रोनाल्डोले गोपनियता मागेका छन् । रोनाल्डो र रोड्रिग्वेजले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गहिरो दुःखका साथ हामीले हाम्रो बच्चाको निधन भएको घोषणा गर्न चाहन्छौँ । यो सबैभन्दा ठूलो पीडा हो

जुन कुनैपनि आमाबाबुले महसुस गर्न सक्छन् । हाम्रो छोरीको जन्मले मात्र हामीलाई यस क्षणलाई केही आशा र खुसीका साथ बाँच्न बल दिन्छ । हामी डाक्टर र नर्सहरूलाई उनीहरूको सबै विशेषज्ञ हेरचाह र समर्थनको लागि धन्यवाद दिन चाहन्छौँ ।

हामी सबै यस क्षतिमा स्तब्ध भएका छौँ र हामी यो धेरै कठिन समयमा गोपनीयताको लागि अनुरोध गर्दछौँ । हाम्रो बच्चा, तिमी हाम्रो परी हौँ । हामी तिमीलाई सधैँ माया गर्नेछौँ ।’

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

Success

Thank you for your time.