default_image

2 years ago

April 19, 2022

सम्हालिन नसक्दा नेपोली रोकियो

94 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसक्दा इटालियन सिरी ‘ए’ मा नेपोलीले घरेलु मैदानमा रोमासँग बराबरीमा रोकिएको छ । नेपोलीले १० खेलाडीमा समेटिएको रोमासँग १–१ गोलको बराबरी खेलेको हो ।

डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा सोमबार राति भएको खेलमा घरेलु टोलीका लागि लोरेन्जो इन्सिग्नेले गोल गर्दा रोमाका स्टेफन अल सरावेले बराबरी गोल फर्काए ।

खेलको ११औं मिनेटमा लोरन्जोको पेनाल्टी गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो । तर, इन्ज्युरी समयमा सम्हालिन नसक्दा नेपोली अंक बाड्न बाध्य बन्यो ।

७९औं मिनेटमा ड्यानियल फुजाटो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपनि त्यसको फाइदा नेपोलीले उठाउन सकेन । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा स्टेफन अल सरावेले गोल गर्दै रोमालाई हारबाट जोगाए ।

यो बराबरीसँगै तेस्रो स्थानमा रहेको नेपोलीको ३३ खेलबाट ६७ अंक पुगेको छ । रोमा ५८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा एटलान्टा घरेलु मैदानमा हेलास भेरोनासँग २–१ ले पराजित भएको छ । हारसँगै एटलान्टा ३२ खेलबाट ५१ अंक जोडेर आठौं स्थानमा रहेको छ । हेलास भेरोना ४८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

Success

Thank you for your time.